खेलकुद

आयोजक सहारा क्लब लाई हराउँदै एपिएफ सेमिफाइनलमा

5 years ago Samaya Dristi 0
पोखरा, २१ चैत । पोखरामा आज बाट सुरु भएको १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा क्लब पोखरालाई हराउँदै विभागीय टोली नेपाल एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ८७ औ मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफ क्लब १–० गोलले बिजयी भएको हो । आइतबार मछिन्द्र र एआरएबीच प्रतिस्पर्धा हुनेछ । थप समाचार

शनिबारदेखि आहा रारा गोल्डकप

5 years ago Samaya Dristi 0
बिहिबार, चैत्र १९, २०७७ पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता चैत २१ गते देखि सुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले बिहिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोेगितामा १ विदेशीसहित ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवबहादुर थप समाचार

थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

5 years ago Samaya Dristi 0
काठमाडौं,१६ चैत । नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ। सोमबार साँझ दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि उचालेको हो। नेपालले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले ८३ औं मिनेटमा १ गोल फर्काएको थियो। नेपाल खेलको पहिलो हाफमै दोहोरो गोल गर्दै बंगलादेशमाथि हाबी भएको थियो। खेलको थप समाचार

सोसिडाडको पोष्टमा बार्सिलोनाको ६ गोल, मेस्सीको कीर्तिमान

5 years ago Samaya Dristi 0
काठमाडौं ,९ चैत । कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा ६(१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले थप समाचार

गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा तेज गुरुङ

5 years ago Samaya Dristi 0
पोखरा , ०२ चैत । गण्डकी प्रदेश सरकारले तेजबहादुर गुरुङलाई प्रदेश खेलकुद परिषद ९प्रखेप० सदस्य सचिव नियुक्त गरेको छ। खुला प्रतिस्पर्धात्मक आह्वानअनुसार आवेदन गरेका गुरुङलाई आइतबारको मन्त्रिपरिषद बैठकले नियुक्ति गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए। उक्त पदका लागि तेज गुरुङ र नवराज अधिकारीको आवेदन परेको थियो। गण्डकी प्रदेश खेलकुद थप समाचार

आर्थिक संकटका कारण यो वर्ष बुढासुब्बा गोल्डकप नहुने

5 years ago Samaya Dristi 0
विराटनगर, ०२ चैत । मोफसलकै बहुप्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औं संस्करण यो वर्ष नहुने भएको छ । धरान फुटवल क्लवको आयोजनामा २०५५ सालदेखि बुढासुब्बा गोल्डकप प्रतियोगिता धरानको एन्फा टेक्निकल सेन्छरको मैदानमा हुँदै आएको थियो । तर पहिलो पटक आर्थिक संकटका कारण चैत महिनमा सञ्चालन हुदै आएको प्रतियोगिता रोकिन पुगेको हो । कोरोना महामारीको कारण थप समाचार

टाइगर कप भलिवलमा १९ लाख बचत

5 years ago Samaya Dristi 0
पोखरा ,१५ फागुन । पोखरामा टाइगर ग्रुपको आयोजनामा सम्पन्न भएको टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ। माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगितामा सवै खर्च कटाएर १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको हो । प्रतियोगितामा ५४ लाख, ४१ हजार ८ सय ३५ रुपैयाँ थप समाचार

केल्मी र भलिबल संघविच सहकार्य सम्झौता

5 years ago Samaya Dristi 0
काठमाडौं, १० फागुन ।खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघविच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर सहित सम्झौता पत्र आदान प्रदान गरे ।पहिलो पटक २ बर्षका लागि भएको सम्झौता बमोजिम थप समाचार

आर्मीका राजन रोकायाले जिते सफल म्याराथन प्रतियोगिताको उपाधि

5 years ago Samaya Dristi 0
पोखरा, ०१ फागुन । त्रिभुवन आर्मी क्लवका राजन रोकायाले १५ औं संस्करणको सफल पोखराअन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि जितेका छन्। पोखरामा शनिबारभएको उक्त प्रतियोगितामा उनले २ सय ८ जना प्रतियोगिहरुलाई पछि पार्दैनिर्धारित दुरी २ घण्टा २७ मिनेट १ सेकेण्डमा पार गरी उपाधि जितेका हुन्। तनहुँको ऋषिङ गाउँपालिकाले गत पुष २७ गते आयोजना गरेको प्रथम ऋषिङ्गम्याराथन २०७७ थप समाचार

१५ औं अन्तराष्ट्रिय सफल म्याराथन सफल पार्न वडा बासि जागरुक

5 years ago Samaya Dristi 0
पोखरा २६, माघ । आगमी फागुन १ गते पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०७७ लाई सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर १ का वडा वासी जागरुक भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १ मा वडा अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सोमबार बसेको विभिन्न संघ संस्थाहरुको बैठकमा सहभागिहरुले उक्त प्रतियोगिता सफल पार्न थप समाचार