चैत्र २२ गते २०७७
मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रूट आहा रारा गोल्ड कपको सेमिफाइनलमा
पोखरा, २२ चैत । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको १९औं संस्करणको दोस्रो क्वार्टरफाइनलमा ए डिभिजन लिगको विजेता मच्छिन्द्रलाई २-१ ले हराउँदै अफ्रिकन रूट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक खेलको २३औं मिनेटमा मौसाले र निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा एनजिमीले गरेको गोलसँगै अफ्रिकन रूटले अग्रता दोब्बर पारेको थियो । खेलमा फर्किने निरन्तर प्रयास गरेको मच्छिन्द्रले इन्जुरी समयमा एक गोल फर्काएको थियो । सुनिल बलको पासमा मच्छिन्द्रका फरवार्ड अभिषेक रिजालले एक गोल फर्काएका थिए ।
भोलि हुने खेलमा संकटा क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । कूल ८ टोली सहभागी प्रतियोगिताको फाइनल २८ गते हुनेछ भने विजेताले १० लाख रूपैयाँ र उपविजेताले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।