मंसिर ११ गते २०७९

सुनसरी १ मा घण्टीको अग्रता कायमै, अशोक राई पछ्याउँदै

काठमाडौं, ११ मंसिर । विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङको अग्रता कायमै रहेको छ । धरान उप महानगरको मतगणना सकिएपनि तामाङले अग्रता कायमै राखेकी हुन् ।

उनले १२ हजार ८ ५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका नेता अशोक राईले १२ हजार ५०४ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादीका मुक्साहांग मेन्यांवोले ९ हजार ९०० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार धरानका पूर्व मेयर मनोज मेन्यांवोले ६ हजार ७२८ मत पाएका छन् ।