जेठ २४ गते २०७८
रक्सीका लागि पैसा नदिँदा गर्भवती श्रीमतीको जलाएर हत्या
सिरहा ,२४ जेठ ।
सिरहामा जलाएर एक महिलाको हत्या भएको छ । धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा आठमहिने गर्भवती श्रीमतीलाई जलाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
हनुमाननगर गाउँका २९ वर्षीय दीपेन्द्र चौधरीले गत २१ जेठको राति करिब ८ बजेतिर गर्भवती श्रीमती ३० वर्षीया पूजा चौधरीसँग रक्सीका लागि पैसा मागेका थिए । तर, पैसा नदिँदा उनले गर्भवती श्रीमती पूजामाथि पेट्रोल खन्याएर आगो लगाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जलेर गम्भीर घाइते भएपछि पूजालाई राति नै दीपेन्द्र र सासूले उपचारका लागि लहानस्थित कामना नर्सिङ होम ल्याए । त्यहाँ उनको प्राथमिक उपचार गरियो । त्यसपछि सो अस्पतालले घाइते पूजालाई विराटनगर पठायो । विराटनगरस्थित नोबेल हस्पिटलले पनि रेफर गरेपछि काठमाडौं लैजाने क्रममा उनको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । पूजाको मृत्युपछि प्रहरीले श्रीमान् दीपेन्द्रलाई पक्राउ गरेको छ ।