कार्तिक २२ गते २०८३

पोखरा फोटोग्राफर संघद्वारा शुभकामना तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

पोखरा,२१ कार्तिक
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको छ। न्यूरोड स्थित संघकोकार्यालय पसिरमा भएको कार्यक्रममा
संघकी अध्यक्ष नन्दकला पौडेलको अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रममा संस्थाका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्रराज राभण्डारी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गाप्रसाद पौडेल तथा फोटोग्राफर संघ गण्डकी प्रदेशका नारायणबहादुर केसीको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक बविता पौडेल रहनुभएको उक्त कार्यक्रममा प्रमुख वक्ताहरू पूर्णकुमारी थापा, महिला संयोजक डेककुमारी जलारी, निवर्तमान अध्यक्ष भक्त तामाङ तथा पूर्व अध्यक्षहरू रामचन्द्र पोखरेल र घनश्याम पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मीपति पौडेलले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अग्निधर तिम्सिनाले गर्नुभएको थियो।

कार्यक्रमले फोटोग्राफरहरूबीच आपसी सद्भाव, एकता, भाइचारा तथा नेपाली मौलिक कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।