फोटो कथा

सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ

2 days ago Samaya Dristi Comments Off on सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, असोज १७ । सिद्धार्थ क्लब पोखराको आर्थिक वर्ष २०८३/०८४ का लागि सुनिल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। क्लबको वार्षिक साधारण सभा तथा पदस्थापना समारोहबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निवर्तमान अध्यक्ष देवेन्द्र पराजुलीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई थप समाचार

प्रस्याङ बगैंचापार्क ज्ञानमहायज्ञको आयव्यय सार्वजनिक, खर्च कटाएर २ करोड ५४ लाख बढी बचत

3 days ago Samaya Dristi Comments Off on प्रस्याङ बगैंचापार्क ज्ञानमहायज्ञको आयव्यय सार्वजनिक, खर्च कटाएर २ करोड ५४ लाख बढी बचत
  पोखरा १७, असोज पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको पर्स्याङ बगैचा पार्क व्यवस्थापन समिति तथा सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको संयुक्त आयोजनामा सञ्चालित श्रीमद्भागवत ज्ञानमहायज्ञको आयव्यय सार्वजनिक तथा समीक्षा बैठक सम्पन्न भएको छ । ​शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच मूल आयोजक समितिले महायज्ञमा भएको कुल आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो। थप समाचार

बाढिले पुरिएको मनाङ सदरमुकाम चामे बजार

5 days ago Samaya Dristi Comments Off on बाढिले पुरिएको मनाङ सदरमुकाम चामे बजार
गत आईतवार बेलुकी ४ः३० बजे लमजुङ हिमालको काँखबाट मनाङ चामेस्थित घट्टेखोलामा लेदोसहित आएको बढिले पुरिएका चामेगाउँपालिका ४ नयाँ बजार र आसपासका बस्ति । तस्बिरः नवीन लामिछाने ,मनाङ थप समाचार

मुख्यमन्त्री पाण्डे बाढी, पहिरो प्रभावित क्षेत्र मनाङमा

6 days ago Samaya Dristi Comments Off on मुख्यमन्त्री पाण्डे बाढी, पहिरो प्रभावित क्षेत्र मनाङमा
असोज १४ ,मनाङ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनुभएको छ । निरीक्षणका क्रममा चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी तथा अन्य थप समाचार

सराङकोट सहकारीको २०औं बार्षिक साधारण सभामा प्राज्ञ अथक सम्मानित

1 week ago Samaya Dristi Comments Off on सराङकोट सहकारीको २०औं बार्षिक साधारण सभामा प्राज्ञ अथक सम्मानित
पोखरा १०, भदौ गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ-सभा सदस्य एवं वरिष्ठ पत्रकार कमल पौडेल अथक शनिवार पोखरामा सम्मानित भएका छन् । सराङकोट वहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारण सभामा संस्थाले उनलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको हो । रेडियो सराङकोटका समाचार प्रमुख समेत रहेका प्राज्ञ अथकले विगत साढे २ दशकदेखि पोखरामा रहेर सञ्चारिकरण सँगै भाषा थप समाचार

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ

2 weeks ago Samaya Dristi Comments Off on प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द, म यहाँ तपाईंहरूसामू हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी लिएर आएको छु। आज म यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न चाहन्थे। तर, त्यसको सट्टा, म मृत्यु र अकल्पनीय विनाशबारे बोल्छु। ती परिवारबारे जो कहिल्यै घर नफर्कने थप समाचार

सुरुभयो पोखरावाट अन्तराष्ट्रिय उडान

2 weeks ago Samaya Dristi Comments Off on सुरुभयो पोखरावाट अन्तराष्ट्रिय उडान
पोखरा, ७ असोज । संयुक्त अरब इमिरेट्स यूएई को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित हवाई उडान सुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ ६ बजेर २२ मिनेटमा फ्लाइ दुबईको बि७३७–म्याक्सएट जहाज अवतरण भयो । ११३ जना यात्रु बोकेर आएको उक्त जहाज राति नै १५२ जना यात्रु बोकेर दुबई फर्किसकेको छ थप समाचार

दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो

3 weeks ago Samaya Dristi Comments Off on दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो
पोखरा । माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । बढ्दो माउथ पब्लिसिटीसँगै चलचित्रका शोसमेत थपिएका छन् । पोखरा ट्रेडमलस्थित क्युएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरमा ‘पेन्सन पट्टा’ हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको छ । थप समाचार

पाँचौ पोखरा फोटोग्राफी अवार्ड सम्पन्न लाईफ टाइम अचिभमेन्ट गन बहादुर पुन लाई

4 weeks ago Samaya Dristi Comments Off on पाँचौ पोखरा फोटोग्राफी अवार्ड सम्पन्न लाईफ टाइम अचिभमेन्ट गन बहादुर पुन लाई
भाद्र २२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको पुरस्कार वितरण गरिएको छ । जस अन्र्तगत अशोक लाईफ टाइम अचिभ्मेन्ट फोटोग्राफी अवार्ड वाट पोखराका पुराना तथा अग्रज फोटोग्राफर गन बहादुर पुनलाई सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४५ औं स्थापना दिवसको अवसर पारेर यही श्रावण २ गते थप समाचार

प्रेम थापा लाई मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड , पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान

4 weeks ago Samaya Dristi Comments Off on प्रेम थापा लाई मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड , पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
भाद्र २० पोखरा पोखरा फोटोग्राफर संघ पोखराले आयोजना गरेको ५ औं पोखरा फोटोग्राफी अन्र्तगत मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड बाट पोखराका फोटोपत्रकार प्रेम थापा सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघको ४५औँ वार्षिक साधारण सभा, पाँचौँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोहका अवसरमा थापालाई उक्त अवार्ड प्रदान गरिएको हो। अवार्ड थप समाचार