चैत्र २८ गते २०७७

आहा ! रारा गोल्डकप : उपाधिका लागि आज अफ्रिकन रूट एसोसिएसन र संकटा क्लब भिड्दै

पोखरा, २८ चैत । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिताको फाइनल खेल आज हुदैछ । उपाधिका लागि अफ्रिकन रूट एसोसिएसन र संकटा क्लब भिड्दैछन् ।

आज दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधिका लागि प्रतिसप्रर्धा गदैछन् । संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो भने अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । खेल दिउसो २ बजे पोखरा रंगशालामा हुनेछ ।