श्रावण ९ गते २०८१

दुर्घटनामा परेको जहाजमा थिए १९ जना

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रु थिए ।
प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज आज केहीबेरअघि दुर्घटनामा परेको थियो ।
जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।  जहाज ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो ।