पौष ८ गते २०७९

पोखराका पुराना साइकल ब्यवसायी शेर बहादुर तामाङ्गलाई सम्मान गरिने

८ पुष पोखरा
भोली पुस ९ गते शनिवार छैठौं टुर दि पोखराको अवसर पारेर पोखरामा साइकल र साइकल ब्यवसायमा उल्लेख्य योगदान गरे वापत नालामुखका शेर बहादुर तामाङ्गलाई साइकल सिटीले सम्मान गर्ने भएको छ ।
बि.सं.२००६ साल चैत्र १४ गते बुवा गोपाल तामाङ र आमा आश माया तामाङ को जेठो सन्तानको रुपमा पोखराको नालामुखमा जन्मनु भएका शेर बहादुर तामाङ्ग परिवारका जेठो छोरा हुन उहाँका
तीन भाई र तीन बहिनिहरु हुनुहुन्छ पोखरामा तेत्ती बेला बाटो घाटोको राम्रो ब्यबस्था थिएन मोटर गाडी र साइकल मोटर साइकल त केवल दरबारिया, राणा र केही सिमित धनीमानिको मात्र पहुँच थियो ।
२००७ सालको प्रजातन्त्र पछी बिस्तारै देश मा परिवर्तन हुन थाल्यो २०३० को दशक देखी पोखरमा साइकल पसलहरु खुल्न थालेको ईतिहास पाईन्छ।  ३० को दशक भन्दा पहिला साइकल र मोटर् साइकल काठमाडौं र नेपाल भारत बोर्डरमा बिरगन्ज भैरहवा सिमा क्षेत्रमा मात्र देख्न पाइन्थ्यो ।

यस्तो समयमा पोखरामा सर्ब साधारणहरुको पहुँचमा मोटर साइकल र साइकल सिक्नका लागि भाडामा राख्ने चलनको सुरुवात भएको पाइन्छ पोखरेलीहरु को ईतिहास खोज्दा हामीले पोखराको बगरमा एउटा साइकल पसल प्यारेलाल नालामुख ,बगाले टोलमा पूर्ण साइकल तेर्सापट्टीमा सन्त साइकल र रानी पौवा महेन्द्रपुल मा लक्ष्मी साइकल पसल खोलिएको ईतिहास पाईन्छ ।शेर बहादुर तामाङ ले तत्कालिन समयमा पूर्ण साइकलका संचालक पूर्ण शाक्य सँग पार्ट्नर सिपमा आफ्नो साइकल ब्यबसाय सुरुवात गरेका थिए  त्येही समयमा पोखरा मा मोटर् साइकलभाडामा सिख्न दिनेको प्रचलनको सुरुवात गर्नु भएको थियो जुन बेला पोखरा मा कुनै पनि मोटर साइकल वोर्क सप खुलेको थिएन कुनै शोरूम थिएन शेर बहादुर तामाङ् तेसताका भरातको रक्सौल नेपालको भैरहवा र बिरगन्जको नाका हुँदै नेपालमा साइकलको पार्ट पुर्जाहरु भित्रयाएको आफ्नो अनुभब बताउछन ।
त्यस् बखत नेपाल र भरात जोड्ने राम्रो बाटोको ब्यबस्था नभ्एको हुँदा बोर्डेरवाट कुल्ली र भरियाको साहाएताले साइकल नेपाल ल्याउने र पोखरामा साइकललाई फिटिङ गरेर तयार पार्ने कामको सुरुवात गरेको बताउछन सो समयमा भैरहवा र बिरगन्ज बाट रु १७५ रुपैया पर्ने साइकल बाटो घाटोको असुबिधाको कारण भरिया लगाएर खोला नाला तारेर पोखरामा फिटिङ हुने बेला सम्म सो साइकलको मुल्य रु ५०० सम्ममा बिक्री गरेको साथै साइकल सिक्ने हरुको लागि भाडा प्रती घण्टा ५० पैसा बाट सुरु गरिएको भाडा हाल ८० रुपैया सम्म पुगेको अनुभब बताउनु हुन्छ १करिव २ बर्षको समय पूर्ण साइकल सँग को सह्कार्य पछी उहा २०३४ साल ताका पोखराको महेन्द्रपुलमा तीन जानाको पार्टनरशिपमा मोटर साइकल भाडामा दिने काममा लाग्नु भयो सिकारु हरु बाट धेरै दुर्घटना र पुलिस प्रशासनको झमेला बेहोर्नु परेकोले उहाले पुनः साइकल ब्यबसायमा फर्किए र २०३६ सालमा पोखराको नालामुखमा शेर साइकल सप को सुरुवात गर्नु भयो।


त्यस बखत हिरो र एवोन कम्पनीको भारतीय सामान्य खालको साइकल चल्थ्यो र केही समय पछी द्यःह् कम्पनीको क्तगलत अथअभि पोखरामा भित्राएको आफ्नो अनुभब बताउनु हुन्छ । पोखरामा द्यःह् क्तगलत साइकल ,माउन्टेन बाइक र केही रेसिङ साइकलको धजयभि कभििभच भयर काम गरेको बताउनु हुन्छ।आफ्नो पेशागत हक् अधिकारको लागि साइकल ब्यबसायी संघको स्थापनामा लाग्नु भयो उहा साइकल ब्यबसायी संघको सस्थापक सद्स्य हुनुहुन्छ। यतीका समय सम्म पोखरामा १०० औ साइकल पसलहरु खुलिसकेका थिए । यसरी ३० को दशक देखी हाल सम्म साइकल ब्यबसाय लाई निरन्तरता दिदै आउनु हुने शेर बहादुर तामाङ लाई साइकल ब्यबसायी संघ पोखराले पोखरामा साइकलको बिकासमा गरेको अतुलनिय योग्दान लाई उच्च मुल्याङ्कन गर्दै सम्मनित गरिसकेको छ साथै उहाले यो बाहेक आफ्नो समाजमा धेरै बर्ष सामाजिक सस्था नेपाल तामाङ् धेदुङ नालामुखको इकाइको सस्थापक् कोषाध्यक्ष भएर काम गरिसक्नु भएको छ । साइकल ब्यबसाय बाट लाखौं लाई साइकल सिक्ने मौका र नेपालमा आएका बिदेशि पर्यटकहरुलाई पोखरा घुम्न साइकल भाडामा दिने काम गरेर हाम्रो समाज र पर्यटन क्षेत्रमा पनि प्रत्यक्ष रुपमा योगदान दिएको पाईन्छ।

हाल पोखरामा ५ हजार देखी १५ लाख सम्मको साइकल चड्ने सौखिन साइकल यात्रीहरु भेटिन्छन् र पोखरालाई साइकल नगरी को रुपमा बिकास गर्नको लागि साइकल सिटि पोखराको स्थापना भैसकेको छ प्रत्येक बर्ष पोखरामा साइकल दौड प्रतियोगितातथा र्रयालीहरु गरिन्छ । यस बर्ष साइकल सिटीले पोखराको साइकल ब्यबसाय र पोखरामा साइकलको बिकासमा अतुलनिय काम गरे बापत शेर बहादुर तामाङ् लाई Tour de Pokhara को अवसरमा उहालाइ सम्मानित गर्ने भएको छ ।यही पौष ९ गते शनिवारका दिन भब्य कार्यक्रमका साथ प्रमुख अतिथि हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको हातवाट सम्मान गरिने कुरा साइकल सिटीका अध्यक्ष अभिषेक कोइरालाले बताए ।