रुस्लान थ्रीस्टारलाई नेपाल पुलिस क्लबले फराकिलो अन्तर ले पराजित गरेको छ थ्रिस्टारलाई १९ औं आहा रारा गोल्डकपबाट बिदाई गर्दै पुलिसले उपाधि दावेदारी प्रस्तुत गरेको छ ।
मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबले थ्रीस्टार विरुद्ध ४–० गोलको फराकिलो जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । २९ औं मिनेटमा नेपाल पुलिस क्लबले फ्रिकिकको अवसर प्राप्त गर्यो । फ्रिकिक प्राप्त बललाई तेज तामाङले पेनाल्टी बक्सभित्र खसाले । पेनाल्टी बक्सभित्र मार्किङविहीन रहेका बुद्धबल तामाङले ‘वान टच’मा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । सहारा क्लबको आयोजनामा सञ्चालित गोल्डकप सबैभन्दा बढी उचाल्ने मध्येको पुलिसले थ्रीस्टारको चुनौतिलाई पन्छाउँदै सेमिफाईनल प्रवेश गर्यो । पहिलो हाफमै १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।
६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डिबक्स तर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि व्याकपास उपलब्ध गरे । तामाङले क्रसबार च्याप्दै गोल गरेपछि पुलिस जित तर्फ उन्मुख हुदैं गयो । ७४ औं मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङ नेपाल पुलिसका लागि तेस्रो गोल गदैै फराकिलो नजिता तर्फ अगाडि बढ्यो । ८६ औं मिनेटमा सुमन लामाको पासमा सौजन राईको क्लिन फिनिसिङ गर्दै नेपाल पुलिसलाई ४–० अग्रता सँगै जित सुनिश्चित बनाए ।
म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए ।
नेपालको पत्रकारिताको इतिहासमा फोटो पत्रकारिताको सम्बन्ध करिब एक शताब्दी पुग्न लागेको छ । नेपालमा पत्रकारिताको इतिहाससँग जोडिएर आउने गोरखापत्र दैनिक पत्रिका नेपालको फोटो पत्रकारितामा पनि जोडिएर आएको छ ।...
Read More
विराटनगर, ०२ चैत । मोफसलकै बहुप्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औं संस्करण यो वर्ष नहुने भएको छ । धरान फुटवल क्लवको आयोजनामा २०५५ सालदेखि बुढासुब्बा गोल्डकप प्रतियोगिता धरानको एन्फा...
Read More
काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा...
Read More
पोखरा, १७ माघ कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ ।...
Read More