जेठ २८ गते २०७८

आजदेखि युरो २०२०, इटाली र टर्की प्रतिस्पर्धा गर्दै

काठमाडौं,२८ जेठ । युरो २०२० फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ। उद्घाटन खेलमा आज मध्य रात १२:४५ बजे टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ।

खेल इटालीको रोमस्थित ओलम्पिक रंगशालामा हुनेछ। समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे, राति ९स्४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्।

अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२स्४५ बजे हुनेछन्। तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारेर यहीँ जुन ११ देखि जुलाई ११ सम्म आयोजना गर्न लागिएको हो।

सेमिफाइनल र फाइनल खेल मध्यरात १२:४५ बजे हुनेछ। प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ। सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो।