पौष १७ गते २०७७
छोरेपाटन माविको ४२ औं अभिभावक दिवस सम्पन्न
पोखरा, १७ पुष ।
पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको पोखरा–१७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले उद्घाटन गरेका थिए । उनले विद्यालयको शैक्षिक प्रगति उत्कृष्ट रहेको वताउँदै भौतिक रुपमा पनि विद्यालय धेरै अगाडि पुगेको वताएका थिए । साथै विद्यालयले डेभिज फललाई संस्थागत गर्न नसक्दा स्वामित्वको विषयमा विवाद आएको वताएका थिए ।
प्रधानाध्यापक डिल्लिराम शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्य योजना, लेखा अधिकृत छविलाल पनेरुले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।