माघ २० गते २०७९
फाल्गुन ११ देखि अन्तराष्ट्रिय उडान हुने
पोखरा, २० माघ ।
उद्घाटन भएको महिनादन बितिसक्दा पनि आन्तरीक उडानमात्रै सिमित पोखरा अन्तराष्ट्रिय विमानस्थलमा फेबु्रअरी २३ तारिख अर्थात फाल्गुन ११ गतेदेखि अन्तराष्ट्रिय उडान हुने भएको छ ।
कुनैपनि अन्तर्राष्ट्रिय उडानकालागि विमानस्थल सुरु भएको ४२ दिन कुर्नुपर्ने नियम अनुसार फेब्रुअरी २३ देखि उडान गर्न तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रबन्धक एवं सूचना अधिकृत ज्ञानेन्द्र भुलले बताउनुभयो । सहायक प्रबन्धक भुलले अन्तर्राष्ट्रिय नियमअनुसार फेब्रुअरी २२ तारिखमा समयसीमा सकिने र २३ देखि पोखरामा अन्तर्राष्ट्रिय उडान हुने जानकारी दिनुभयो ।
पोखरा विमानस्थलमा हाल ‘भिज्युअल फ्लाइट रुल्स् भिएफआर पद्दति छ । तर अन्तर्राष्ट्रिय उडान भर्न ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स् आइएफआर ’को व्यवस्था गर्नुपर्नेछ । यही पद्दति जडानकालागि समेत ४२ दिनको समय राखिने गरेको भुलले बताउनुभयो । यद्यपि, २३ तारिखमा कुन कम्पनीको हवाइजहाजले कुन देशमा उडान गर्ने भन्नेबारेमा भने टुंगो लागेको छैन ।