असार ३१ गते २०८०

पोखराका फोटोपत्रकारहरुको फोटोयात्रा (वाक)

पोखराका फोटोपत्रकारहरुको एक मात्र संस्था नेपाल फोटोपत्रकार संघ कास्कीको आयोजनामा फोटोयात्रा (वाक) कार्यक्रम भएको छ । शनिबार भएको सो कार्यक्रम पोखराका सवै फोटोपत्रकार एवं अन्य ३० जना भन्दा धेरैको सहभागिता थियो ।
पोखराको डेमसाइडबाट शुरुभएको यात्रा बौद्ध स्टुपा फेदी सम्म आआफ्ना साधनमा र त्यसपछी बौद्ध स्टुपा भ्रमण देखी महादेव मन्दिर परिसरसम्म पैदलयात्रा गरिएको थियो । यही पैदलयात्रा क्रममा सम्पुर्ण फोटोपत्रकारहरुले मौसमी वातावारण, पोखरा शहर, फेवातालका बिभिन्न स्वरुपका दृष्य, गाउले जनजिवन, बनजंगल, पशुपंक्षि लगायत महादेव मुर्तिपरिवरको वातावरणका फोटोहरु लिएका थिए ।
फोटोयात्राकै क्रममा ४ जना अग्रज फोटोपत्रकारले छुट्टाछुट्टै विषयमा औपचारिक कार्यक्रम मार्फत आफ्नो ज्ञान र अनुभवलाई बिधिवत प्रदान गरेका थिए । पोखरेली फोटोपत्रकार राम गुरुड.ले लेण्डस्केप फोटोग्राफीको महत्व र तरिकाबारे बताएका थिए भने संस्थाका संस्थापक अध्यक्ष घनस्याम पौडेलले पत्रकारिता र फोटोग्राफीको संगम फोटोपत्रकारिताबारे प्रकाश पारेका थिए । यस्तै कृष्णमणी बरालले वातावरण र त्यसको असर बारे आफ्नो बिचार राखेका थिए भने बन्यजन्तु तथा पंक्षि समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले बन्य जन्तु अझ पंक्षिहरुको तस्विर लिदा दिनुपर्ने ध्यान र नियमका वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल फोटोपत्रकार संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले यस कार्यक्रममा खिचिएका फोटो लगायत पोखरा र पत्रकारितालाई चिनाउने उत्कृष्ठ फोटोहरुको प्रदर्शन गर्ने वातावरण बनाउने बताएका थिए । योगेन्द्र श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रमको अन्तिम सेसनमा सहयोगी संस्था ड्रिम सिटीको सञ्चालक स्याम कुमार बजगाईले उक्त स्थानमा रेष्टुरेन्ट तथा बिभिन्न पर्यटकिय गतिबिधीका लागि खोलिएको आफ्नो ब्यावसायका बारेमा बताएका थिए ।
महादेव मन्दिर नजिकैको करिव १४ करोडमा निमार्ण भैरहेको ड्रिम सिटीले पोखरेली फोटोपत्रकारहरुको फोटोयात्रालाई बिहानको भोजन गराएर सहयोग गरेको थियो । ४० जनालाई रोजगारी समेत दिएको ड्रिम सिटीको सिसा माथीको यात्रा , दृष्यावलोकन टावर , एक्युरियम लगायत रेष्टुरेन्टमा बिभिन्न प्रकारका भोजनहरुको सेवा प्रदान गर्दैै आइरहेको छ । यो फोटोयात्राका सहभागिले ड्रिम सिटीको योजना र परियोजनाहरुलाई पनि अवलोकन गर्नुको साथै सुन्दर तस्विरहरु लिएका थिए ।
पोखरा क्षेत्रमा कार्यरत पोखरा तथा नेपालका बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले २० वर्ष अगाडीको जनआम्दोलन २०६२,६३ र तत्कालिन माओबादी जनयुद्धकोक्रममा फोटोपत्रकारको सुरक्षा र ऐक्यबद्धताका लागि अपरिहार्य बनेको एक संस्था खडा गरेका थिए । सोही संंस्थाको पहलकदमीमा बिभिन्न कालखण्डमा फोटोग्राफी तथा फोटोपत्रकारिताका गतिबिधी हुदै आएका छन । संस्थामा स्थापना काल देखी हाल सम्म सस्थापक अध्यक्ष घन स्याम पौडेल, कृष्णमणी बराल, ओम लामा, इन्द्र पौडेल , प्रदिप पौडेल र वर्तमान अध्यक्ष दुर्गा प्रसाद पौडेलले नेतृत्व गरेका छन ।