चैत्र २३ गते २०७७
मनाङलाई हराउँदै संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा,२३ चैत ।
आहा रारा गोल्डकपको साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १-० को नतिजामा पराजित गर्दै संकटा सेमिफाइनलमा पुगेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलको ४४औं मिनेटमा फोफानाले गरेको एक मात्र गोल संकटालाई सेमिफाइनलमा पुर्याउन निर्णयक गोल बन्यो । जितसँगै अन्तिम चारमा स्थान बनाएको संकटाले फाइनल प्रवेशका लागि पहिलो खेलको विजेता नेपाल एपीएफ क्लबसँग बुधबार खेल्ने छ । एपीएफ शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
भोलि हुने प्रतियोगिताको अन्तिम सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।