वैशाख २० गते २०७८
लगातार चार खेल जितबिहीन बनेपछि ललितपुरका प्रशिक्षकको राजीनामा
काठमाडौं,२० वैशाख । ने
पाल सुपर लिगमा अहिले चौथो चरणको खेल जारी छ। सात टिमबीच भइरहेको प्रतिस्पर्धामा दुई टिमले जित निकाल्न सकेका छैनन्। जसमा पुछारको एफसी चितवनले खेलेका तीन खेल मध्ये दुई खेलमा बराबरी र एक खेलमा पराजय भोगेको छ।
छैटौं स्थानको ललितपुर सिटी एफसीले चार खेलसम्म जित निकाल्न सकेन। आइतबार साँझ सकिएको खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेसँगै ललितपुर लगातार तीन खेलमा बराबरीमा रोकियो।
पहिलो खेलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको ललितपुरले त्यसपछि चितवन र धनगढीसँग १-१ गोलको बराबरी खेल्यो।
लिग चरणमा दुई खेल खेल्न बाँकी रहेको अवस्थामा ललितपुरको तीन अंक मात्र छ। चार खेलमा जितबिहीन बनेपछि प्रशिक्षक प्रदीप हुमागाई पदबाट हटेका छन्। हुमागाईँले आफूले राजीनामा दिएको भन्दै फेसबुकमा पोस्ट गरेका छन्। अब सहायक प्रशिक्षक राजु तामाङले ललितपुरको टिम सम्हाल्नेछन्।