फागुन १ गते २०७७
आर्मीका राजन रोकायाले जिते सफल म्याराथन प्रतियोगिताको उपाधि
पोखरा, ०१ फागुन ।
त्रिभुवन आर्मी क्लवका राजन रोकायाले १५ औं संस्करणको सफल पोखरा
अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि जितेका छन्। पोखरामा शनिबार
भएको उक्त प्रतियोगितामा उनले २ सय ८ जना प्रतियोगिहरुलाई पछि पार्दै
निर्धारित दुरी २ घण्टा २७ मिनेट १ सेकेण्डमा पार गरी उपाधि जितेका हुन्।
तनहुँको ऋषिङ गाउँपालिकाले गत पुष २७ गते आयोजना गरेको प्रथम ऋषिङ्ग
म्याराथन २०७७ मा उपाधि जितेका आर्मीका रोकायाले एक महिना भित्रै पोखरा
म्याराथनको उपाधि समेत आफनो पोल्टामा पार्दै उपाधि सहित दुई लाख नगद
पुरस्कार प्राप्त गरेका हुन्। आर्मीकै ज्ञान प्रसाद भट्टराई दोश्रो भए भने
आर्मीकै देवराज बस्नेत तेश्रो भए । भट्टराईले निर्धारित दुरी २ घण्टा ३३ मिनेट
४८ सकेण्डमा पार गर्दा बस्नेतले भने २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा उक्त दुरी
पार गरेका हुन्। पाचथरका प्लस टु का एक बिद्यार्थी प्रताप थामस्वाङ(लिम्वु) ले
निधर्भारित दुरी २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा उक्त दुरी पार गरी शान्त्वना
भएका हुन्। भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार सम्पन्न भएको
उक्त प्रतियोगितामा २ सय ९ जना धावकहरु सहभागि भएको मञ्चका अध्यक्ष तेज
बहादुर गुरुङले बताए ।
त्यसै गरी महिला तर्फको २१ किलोमिटर अर्थात हाप म्याराथन प्रतियोगिताको
उपाधि नेपाल पुलिसकी राजपुरा पछ्याईले जितेकी छन्। उनले २६ जना
प्रतियोगिहरुलाई पछि पार्दै निर्धारित दुरी १ घण्टा २७ मिनेट १ सेकेण्डमा पार
गरी उपाधि सहित नगद एक लाख हात पार्न सफल भईन्। आठौं राष्ट्रिय खेलकुदमा
स्वर्ण पदक विजेता पछ्याईले केही समय अघि जापानमा भएको म्याराथनमा
फास्टेसको रुपमा उपाधि हात पार्न सफल खेलाडी हुन्।
जुम्ला स्थित कर्णाली स्पोटर्स क्लवकी राममाया बुढा प्रतियोगितामा दोश्रो
भईन भने शसस्त्र प्रहरी वलको एपिएफकी विन्दा श्रेष्ठ तेश्रो भएकी छन्।
प्रतियोगितामा बुढाले निर्धारित दुरी १ घण्टा ३० मिनेट ४४ सेकेण्डमा पार
गरीन भने श्रेष्ठले निर्धारित दुरी १ घण्टा ३१ मिनेट १३ सकेण्डमा पार गरेकी
हुन्। पुलिसकी रेखा विष्टले निर्धारित दुरी १ घण्टा ३६ मिनेट १४ सेकेण्डमा
पार गरेकी गरी शान्त्वाना हुन सफल भईन्। प्रतियोगितामा २७ जना सहभागि
भएको मञ्चका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाटले बताए । विजयी खेलाडीहरुको
टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुद
परिषदका सदस्य सचिव रमेश कुमार शिलवाल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष
जीवनराम श्रेष्ठ, महासचिव दीलेन्द्रराज श्रेष्ठ, सहारा यूकेका धनु थकाली, सहारा
क्लवका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस बर्ष भने कोरोनाको कारणले गर्दा विदेशबाट व्यवसायीक धावकहरु उक्त
प्रतियोगितामा सहभागिता नभएको मञ्चले जनाएको छ ।