चैत्र १९ गते २०७७
शनिबारदेखि आहा रारा गोल्डकप
बिहिबार, चैत्र १९, २०७७
पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता चैत २१ गते देखि सुरु हुने भएको छ ।
आयोजक सहारा क्लब पोखराले बिहिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोेगितामा १ विदेशीसहित ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताएका छन् ।
उनका अनुसार प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीचमा हुनेछ । प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार, संकटा क्लब र मच्छिन्द्र क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विदेशी टोली अफ्रिकन रुट एसोएसन, डउला क्यामरुन सहभागी हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।