माघ २८ गते २०८०

पोखराका सुर्दशन रञ्जितलाई खेल सिपाही स्पेशल अवार्ड

माघ २८,काठमाडौं
पोखराका फोटो पत्रकार सुर्दशन रञ्जितलाई नेपाल खेलकुद पत्रकार संघले खेल सिपाही स्पेशल अवार्डबाट सम्मानित गरेको छ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को अवसरमा उनलाई स्पेशल अवार्ड प्रदान गरेको हो ।

उनी एक फोटो पत्रकार, खेलकुदका एक सिपाही, पोखरेली पर्यटन र पोखरेली खेलकुदका अभियन्ताका रुपमा समेत चिनिन्छन् ।रञ्जितले करिव चार दशक भन्दा लामो समय देखी पोखरामा हुने खेल गतिविधिका तस्विरहरु खिच्न थाल्नु भएको। उनले माछापुच्छ्रेलाई आवरणमा पारेर एक बालकले क्रिकेट खेल्दै गर्दा उनले क्लिक गरेको एक तस्विरले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ‘वर्षको उत्कृष्ट तस्विर’को अवार्ड नै जित्यो ।

पोखराको आहारारा गोल्डकपलाई उकास्ने सयौं हातहरुमा सुदर्शनको भूमिका स्यानो देखिन सक्छ, तर असाध्य महत्वपूर्ण खम्बाको रुपमा उनको भूमिका कम्तिमा त्यो क्लबका बाँकी सबै खम्बाहरुले बुझेका छन् । सहाराको सराहना फिफाले गर्दा होस् वा अनाथ बालबालिकालाई बालिग खेलाडी बनाउँदा, सहाराको हरेक सफलता सुदर्शनलाई ठोक्किएर मात्र अगाडि वढेको छ ।

नेपाली खेलकुदलाई दशकौंदेखि निस्वार्थ सेवा गरिरहेका सामान्य देखिने सुदर्शन रञ्जितको योगदान आइतबार काठमाडौंमा भव्य रुपमा सम्मानित भयो । नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुदका यी सिपाहीलाई एनएसजेएफ स्पेशल अवार्ड बाट सम्मानित गरेको छ ।