चैत्र २१ गते २०८२
नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
समय दृष्टि
पोखरा २१, चैत्र
नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् ।
संघका सल्लाहकार लक्ष्मण थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सो नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
समितिका वाँकी सदस्य तथा सल्लाहकारहरु अब बस्ने कार्यसमिति बैठकले चयन गर्ने लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथकले जानकारी दिएका छन् ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक लक्ष्मण थापा, सदस्य हीममाया पौडेल, अमृत क्षेत्री र सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले अविर, खादा र प्रमाण पत्र प्रदान गरेका थिए ।

नव निर्वाचित कार्यसमितिलाई यस अघिको समितिले माईन्यूट हस्तान्तरण गरेको थियो ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै संघका सल्लाहकार प्रा डा लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता सहित लोकतन्त्रवादी लेखक साहित्यकारको जमघट हुने थलो लेखक संघ भएको बताए । उनले देशको कठिन मोडमा लेखक साहित्यकारहरूको सिर्जनाले विशेष अर्थ राख्ने धारणा व्यक्त गरे ।
संघका अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप उपाध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने प्राञ्जलले बोलेका थिए ।