मंसिर ७ गते २०७९

रेखा थापा र हिमेश पन्त लाई अग्रता लिनै सकस

पोखरा, ०७ मंसिर । अभिनेत्री रेखा थापा र कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । रेखा राप्रपाको तर्फबाट मोरङ-३ र हिमेश राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु हुन् ।

आज (बुधबार) बिहानसम्मको मतगणनामा यी दुबै उम्मेदवार तेस्रो स्थानमा पछ्याइरहेका छन् । यी दुबैभन्दा अघि सत्ता गठबन्धन र एमाले उम्मेदवारले अग्रता लिइरहेका छन् ।

मोरङ-३ को मतगणनामा तेस्रो स्थानमा रहेकी रेखाको मत १ हजार ८७७ ९बिहान ७ बजेसम्म० रहेको छ । कांग्रेसका सुनिलकुमार शर्मा ८००५ मतसहित अग्रस्थानमा छन् ।

धादिङ-१ मा हिमेश पन्त तेस्रो स्थानमा छन् र बिहान सात बजेसम्म उनको मत ४४४३ छ । अग्रस्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको मत १३ हजार ६०८ छ ।