श्रावण १५ गते २०८१
फोटोग्राफर संघ गण्डकी को फोटो प्रतियोगिता घोषणा
श्रावण १५,पोखरा
फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ ।
संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसी राम सुवेदी ले जानाकारी गराए । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता अन्र्तगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ ।
बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड ग्रुम हेड सट,बेष्ट कलरिङ एण्ड रिटचिङ, बेष्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर गरी ६ ओटा बिधा रहेका छन । बेष्ट बैवाहिक फोटो अवार्डका लागी रु १५,५५५ नगद ट्रफी र प्रमाण पत्र रहेको छ भने अन्य बिधामा ट्रफी र प्रमाण रहेका छन् । मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता बर्ष भरिनै चलिरहेको र प्रत्यक महिनाका उत्कृष्ट प्रतियोगितालाई प्रमाण पत्रले सम्मान गरिने प्रतियोगिताका संयोजक भक्त तामाङले जानकारी दिए । मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिताका लागि मिराज फोटोका संचालक भक्त तामाङ/बृहस तामाङले रु २ लाखको अक्षयकोषको स्थापना गरेको कुरा कोषाध्यक्ष जीवन ढुङ्गानाले बताएका छन् । यसैगरी संस्थाले गण्डकी प्रदेशलाई बिश्वभरी नै चिनाउने उद्येश्यका साथ यहाँका प्राकृतिक छटाहरुलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागी नेचर एण्ड ल्याण्डस्केप बिधामा पनि प्रतियोगिताका घोषणा गरेको कुरा तालिम तथा शिक्षा संयोजक घनश्याम पौडेल ले बताए ।नेचर एण्ड ल्याण्डस्केप बिधा अन्र्तगत फोटोहरु गण्डकी प्रदेश भित्रको हुनुपर्नेछ भने देशै भरिका फोटोग्राफरहरु यस प्रतियोगितामा भाग लिन पाउनेछन । उक्त प्रतियोगितामा बेस्ट फोटोले नगद रु १०,००० ट्रफि र प्रमाणपत्र पाउनेछन भने उत्कृष्ट ५ तस्विरलाई ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल तथा बिषेश अतिथि विश्वरत्न शाक्य , नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदी लगायत ले ब्यानर खोलि प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
कार्यक्रमका बिशेष अतिथि बरिष्ठ फोटोग्राफर बिश्वरत्न शाक्य ले फोटोग्राफी क्षेत्रमा गण्डकी प्रदेशले देशै भरिका फोटोग्राफरहरुलाई प्रोत्साहीत गर्नका लागी स्थापना गरिएको यो प्रतियोगिता निकै सह्रायिन कार्य भएको बताए । साथै नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदीले फोटोग्राफर र फोटोपत्रकार र पत्रकार यि सबै एउटै पाटा भएको बताए ।
प्रतियोगिता घोषणा कार्यक्रममा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गा प्रसाद पौडेलको
अध्यक्षतामा भएको कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल नेपाल फोटोग्राफर महासंघ नेपालका के.सदस्य रवीनाथ दाहाल ,सल्लाहकार गणेश छवि,नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदी, लगायतले आफ्नो भनाई राखेका थिए । प्रतियोगिताका का संयोजक तथा अक्षयकोष दाता भक्त तामाङले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव तुलसी राम सुवेदीले गरेका थिए ।
Click Here
https://forms.gle/E5BBpAodzVg1ngn77
बिधा
प्रकृति तथा सुन्दर प्राकृतिक दृश्य
(Nature & Landscape)
प्रतियोगिता सम्वन्धिनियमहरु
१.फोटो गण्डकी प्रदेश क्षेत्रभित्रखिचिएकोे हुनु पर्नेछ ।
२. सबै नेपालीनागरिकले सहभागिता जनाउन पाउने छन ।
३.फोटो प्रकृति तथा सुन्दर प्राकृतिक दृश्य(Nature & Landscape) सम्वन्धि हुनु पर्नेछ ।
४.फोटो क्यामरा तथा मोवाइल ले खिचेको हुनु पर्नेछ ।
५. एरियल फोटो,ड्रोनफोटोहरु समावेश गर्न पाइने छैन ।
६. फोटोलाई सामान्य Crop&color Correction गर्न सकिनेछ ।
७. फोटोमा Logo तथा Water Markराख्नपाईने छैन ।
८.फोटो Photographer Association Gandaki को
Google Form (gpan075@gmail.com ) मा पठाउनु पर्नेछ ।
९.सहभागीले ३ वटा सम्म फोटो पठाउन सक्नेछन ।
१०. फोटो १ एक एमवी भन्दा माथी हुनुपर्नेछ ।
१०.फोटोग्राफी क्षेत्रका ३ जना निर्णायकद्वारा मूल्यांकन गरिनेछ ।
बिधा
मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता
Mirage National Wedding Photo Contest –2024
१.बेष्ट फोटो अवार्ड
२.ब्राईड एण्ड ग्रुम हेड सट
३.बेष्ट कलरिङ एण्ड रिटचिङ
४.बेष्ट मोमेन्ट क्याप्चरिङ
५.बेष्ट कपल पोजिङ,
६.बेष्ट कल्चर
प्रतियोगिता शुरु
शुरु मितिः२०८१ श्रावाण १५
फोटो पोष्ट गर्ने अन्तिम मितिः २०८१ भाद्र १५गते बिहिवार राती १२ बजे सम्म
नतिजा प्रकाशन तथा पुरस्कार बितरण ः २०८१ भाद्र २० गते बुधवार