श्रावण २५ गते २०७८

आठ सचिवको सरुवा

काठमाडौं, २५ साउन ।  सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश र निकायको प्रशासनिक बागडोर सम्हालेका आठ सचिवको सरुवा गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरको हो ।

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेकनारायण पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्माको रक्षा मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका सचिव डा. वैकुण्ठ अर्यालको सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।

जल तथा उर्जा आयोगका सचिव सागरकुमार राईको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा भएको छ ।