कार्तिक २३ गते २०८०

लक्ष्मी आधारभुत बिद्यालयले बिद्यार्थी पुनर्मिलन गर्ने

अन्नपूर्ण गाउपालिका ३, कास्की पाउदुरको मैदान स्थित लक्ष्मी आधारभूत बिद्यालयले आफ्ना पूर्व बिद्यार्थीहरु बिच यसै शुभ दिपावलीको अवसर पारी आउदो कार्तिक २७ गते पुर्नमिलन कार्यक्रम गर्ने भएको छ ।

बिद्यालयका प्रधान अध्यापक टंकप्रसाद भण्डारीका अनुसार सो कार्यक्रममा बिद्यालय स्थापित समय ३१ वर्ष देखी सोही बिद्यालयमा अध्यान गरेका पूर्व बिद्यार्थीहरुको मञ्च गठन गर्नुको साथै बिबिध सास्कृतिक कार्यक्रम, बिद्यालय परिचयात्मक सानो बृतचित्र प्रदर्शन र बिद्यालयको बिकास प्रबद्धन सम्बन्धमा छलफल कार्यक्रम पनि राखिएको छ । उक्त बिद्यालय पुर्नमिलन कार्यक्रमको लागि स्थानिय बुद्धिजिवी शिवकृष्ण पौडेलको संयोजकत्वमा कार्यक्रम ब्यावस्थापन समिति खडा गरिएको छ । कार्यक्रममा स्थानिय पूर्व बिद्यार्थी, अभिभावक, बुद्धिजिवी र सहयोगी महानुभावहरु बिच बिद्यालयका भावी योजना, कार्यक्रम र रणनीतिबारे बहस हुनुको साथै भौतिक तथा आर्थिक सहयोगका लागि के कसो गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिने कार्यक्रम राखिएको छ । बिद्यालय र यसको गुणस्तरिय बिकासको लागि अक्षयकोषदाताको खोजी, बिभिन्न संघसंस्थाबाट हुनसक्ने सहयोग र सम्बन्धहरुको खोजी साथै आर्थिक, भौतिक, समाजिक र हरतरहका बिद्यालय बिकासका निम्ति आवश्यक सद्भावना, सरसहयोग जुटाउने बारेमा स्थानिय र सहभागी बिच छलफल हुने कार्यक्रम रहेको छ ।बि सं २०४९ मा पाउदुर मैदान क्षेत्रका समाजसेवी भद्रभलादमीहरु बिच गाउको पायक पर्ने मैदानमा प्रथामिक तहको बिद्यालय खोल्ने छलफल भै बिद्यालय स्थापना भएको थियो । साबिकको ढिकुरपोखरी गाउ बिकास समिति वडा नं ८ मा पर्ने सो बिद्यालय शुरुवाती समयमा सोही वडाको बन संरक्षण समितिको अगुवाईमा स्थानिय स्तरबाट खर्च बेर्होने गरी स्थापना गरिएको थियो । पछी यसको सरकारी तवरबाट दर्ता प्रक्रिया र ब्यवस्थापन हुदैगएको हो । यस अगाढी गाउका साना साना बालबालिका केही परको पाउदुर धारापानीमा रहेको धारापानी माध्यामिक बिद्यालयमा जान बाध्य थिए । गाउमा नै बिद्यालय बनेपछी साना बिद्यार्थीहरुको लागि यो बिद्यालयले अति राम्रो ब्यावस्थापन सहित यस क्षेत्रकै गुणस्तरिय शिक्षा दिन सफल भएको हो भन्दछन बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष दिलबहादुर के सी । स्थानियको सक्रियता र सामुहिकताले स्थापना भएका यस्ता शैक्षिक तथा सामाजिक संस्थाहरुमा भौतिक तथा योजनाबद्ध बिकास गर्न सके सरकारी बिद्यालयले पनि निजी सरह उच्च गुणस्तरिय लगनशिल बहुप्रतभाका बिद्यार्थी उत्पादन गर्न सक्ने र समाजलाई सकारात्मक दिशा तर्फ डोह्याउन सक्ने उदाहरण यस लक्ष्मी आधारभूत बिद्यालयले देखाएको बारे स्थानिय बासिन्दा तथा समाजसेवी कान्तिपुर टिभी पत्रकार इन्द्र पौडेलले जानाकारी दिनुभयो ।