फागुन १४ गते २०७७
प्रचण्ड-माधवलाई कास्कीमा नेता छान्न सकस
पोखरा,१४ फागुन ।
प्रचण्ड-माधव नेपाल पक्षीयन नेकपाले ६८ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाउँदा कास्की जिल्लाको नेतृत्व भने चयन गर्न सकेन । पार्टी विभाजनपछि अध्यक्ष कृष्ण थापा केपी ओलीतिर छन् ।
कास्कीका सबै जनप्रतिनिधि र अधिकांश नेता कार्यकर्ता केपी ओलीतिर लागेपनि प्रचण्ड माधव पक्षमा नेतृत्व कसले गर्ने भन्ने विवाद देखिएको छ ।सो पक्षले नयाँ ढंगबाट एकता गर्ने भन्दै ५०(५० प्रतिशतको पद बाँडफाँड गर्ने निर्णय गरिसकेका छन् । सोही निर्णय बमोजिम प्रचण्ड(माधव पक्षीय नेकपाले पहिलो चरणमामा फागुन ७ गते ६८ जिल्लाको चयन गरिसकेको छ । बाँकी ९ वटा जिल्लामा नेतृत्व छान्नै बाँकी छ ।