असाेज ४ गते २०७६

मौसममा पुन फेरवदल,मनसुन सक्रिय हुदै

मौसम पुन परिवर्तन हुने मौसम विगागले जनाएको छ। एक/दुई दिनयता केही कमजोर बनेको मनसुन(पानी पार्ने प्रणाली) आज (शनिबार) देखि पुनः सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनु भयो ‘हिजो(शुक्रबार) देशभर करिब–करिब मौसम सफा नै थियो,’ उनले नेपालखबरसँग भने, ‘हिजोको तुलनामा आज मनसुन सक्रिय भएको छ।’ उनका अनुसार अहिले मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्णसम्म तथा देशका अन्य भागमा आंशिकदेखि सामान्यसम्म बदली छ। ‘दिउँसो पानी पर्ने चान्स कमै छ तैपनि एक/दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘राति अझ बढेर देशका केही (एक/दुई स्थानभन्दा बढी) स्थानमा मध्यम तथा मध्य र पूर्वका पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।’