फागुन २३ गते २०८२
कास्की १ मा रास्वपाका गनेश पौडेल निर्वाचित
पोखरा, २३ फागुन । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल (गनेश) निर्वाचित भएका छन् । उनी २८ हजार ६६९ को फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।
उनले ३९ हजार ८८३ मत र उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत ल्याए ।
एमालेका वैनबहादुर क्षेत्री (अधिकारी) ले १० हजार ४२९ मत ल्याए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राजकाजी गुरुङको २ हजार ४७९ मत छ ।
श्रम संस्कृति पार्टीका बिलबहादुर तमाङ लामाले १ हजार १४१, राप्रपाका बाबुराम थापाले ९७८, उज्यालो नेपालकी मनीषा द्वाले ६७०, मंगोल नेशनल अर्गनाइजेशनका श्रीमान थापाले १०९ मात्र मत ल्याए । कास्की १ मा एक जना स्वतन्त्रसहित १७ जना उम्मेदवार रहेकामा अन्य उम्मेदवारले सय मत पनि कटाउन सकेनन् ।
कुल १ लाख १६ हजार ८७८ मतदातामध्ये बिहीबारको मतदानमा ७० हजार १५० मत खसेको थियो । तीमध्ये ६७ हजार ४१० सदर र २ हजार ७४० मत बदर भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ ।