असाेज ८ गते २०८०
पोखरामा बजार अनुगमन जारी, मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना
कमल पौडेल अथक
पोखरा ८, असोज
बजार अनुगमन समिति कास्कीले बजार अनुमनलाई सोमवार पनि जारी राखेको छ ।
चाडवाडको बेलामा बजारमा म्याद गुज्रेका सामान विक्री गरेको, सामानको अभाव सृजना गरेको, र बढी मूल्य लिएको गुनासो आएपछि अनुगमनलाई जारी राखेको हो ।
अनुगमनको क्रममा पोखरा ७, वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई म्याद गुज्रेका सामान विक्री गरी उपभोक्तामाथि ठगी गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गरेको छ ।
समितिले सो स्टोर्सबाट मीट मसला २ प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेट र ५ लिटरको १२ ग्यालिन तोरिको तेल गरी २८ हजार ९ सय ६० रुपैयाँ वरावरको म्याद गुज्रेको सामान नष्ट गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले जानकारी दिएका छन् ।
त्यसैगरी जुरेली दालको लेवल नलगाएको, नूनको गोदाममा सरसफाई नगरेको भन्दै चेतावनी समेत दिएको छ । स्टोर्सका संञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर ३ दिन भित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिएको छ ।
त्यसैगरी पोखरा ३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्सले म्याज गुर्जेको ६० किलो आटा, नरिवल, ललिपापड लगायतका सामग्री नष्ट गरी सो स्टोर्सका संञ्चालक लाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
त्यसैगरी सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको १० किलो सूजी सहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नविकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । अनुगमन समितिले सो पसललाई चेतावनी सहित ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
अनुगमन गरी कैफियत देखिएका स्टोर्स तथा पसललाई उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्र सहित ३ दिन भित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन सभितिले निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, पोखरा महानगरपालिकाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।