भाद्र ३,शुक्रवार,पोखरा १८३ औं बिश्व फोटोग्राफी दिवशको उपलक्ष्यमा फोेटोग्राफर संघ गण्डकी र पोखरा फोटोग्राफर संघको आयोजनामा आज प्रभातफेरी सहित मनाइयो । यसै बिच पहिलो कार्यक्रम अन्र्तगत फोटोग्राफर संघ गण्डकी को सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । कार्यालयको उद्घाटन प्रमुख अतिथि सुनिल उलकले रिवन काटेर गर्नुभएको थियो ।
बिहान ८ बजे पोखरा फोटोग्राफर संघको कार्यलय टुडाकोे पाटनबाट शुरु भै मानवअधिकार चोक चिप्लुढुड.गा ,महेन्द्रपुल हुदै चिप्लेढुंगा स्थित दी गार्डेन रेष्टुरेन्टमा गई सभामा परिणत भएको थियो । कार्यक्रममा पोखरा क्षेत्रका फोटोग्राफरहरु तथा फाटोपत्रकार र फोटोमा अभिरुची हुने महानुभाव तथा फोटोग्राफरहरुको उपस्थित रहेको थियो ।
पोखरा क्षेत्रका पुराना फोटो तथा भिडियो संकलक सुनिल उलकको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राष्ट्रिय मिराज बिवाह फोटोग्राफी प्रतियोगिा साथै नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा गरिएको थियो । कार्यक्रममा स्वागत भाषण फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जिवन ढुंगानाले गर्नुभएको थियो भने अक्षयकोषदाता भक्त तामाड.ले सो अवार्डको स्थापना गर्नुको उदेश्य र आफ्नो देश बिदेशको फोटोग्राफी अनुभवबारे बताउनु भएको थियो ।
पोखरा क्षेत्रका पुराना फोटो संकलन बारे बताउदै प्रमुख अतिथी सुनिल उलकले आगामी दिनमा पोखरामा फोटोग्राफी क्षेत्रको ठुलो धनरासीको पुरस्कार स्थापना हुन गइरहेकोे जानाकारी दिनुभयो । फोटोग्राफर संंघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले संस्थाले यस वर्ष प्रदेश भित्र भए गरेका गतिबिधी र आगामी कार्यक्रम बारे बताउनु भएको थियो । सचिव तुलसी सुबेदीको सञ्चालनमा भएकोे कार्यक्रम लगत्तै सोही हलमा पोखरा फोटोग्राफर संघको अवार्ड परिणाम घोषणा भएको थियो ।
पोखरा, ०१ फागुन । त्रिभुवन आर्मी क्लवका राजन रोकायाले १५ औं संस्करणको सफल पोखराअन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि जितेका छन्। पोखरामा शनिबारभएको उक्त प्रतियोगितामा उनले २ सय ८ जना प्रतियोगिहरुलाई...
Read More
मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन्।हिजो आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका(९ को रातामाटेको जंगलमा उनले पासो लगाएर आत्महत्या गरेका हुन्। सोही नगरपालिका(१० घर भएका...
Read More
काठमाडौँ, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहिरहने वा छोड्ने भन्ने निर्णयमा पुग्न दुई दिन पर्खने भएको छ। बिहीवार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको...
Read More
पोखरा , १५ माघ । पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल’ खेल चलिरहेकै वेला दुईपटकसम्म तनावको अवस्थामा पुगेको थियो। खेल हेर्नका लागि...
Read More