भाद्र ३,शुक्रवार,पोखरा १८३ औं बिश्व फोटोग्राफी दिवशको उपलक्ष्यमा फोेटोग्राफर संघ गण्डकी र पोखरा फोटोग्राफर संघको आयोजनामा आज प्रभातफेरी सहित मनाइयो । यसै बिच पहिलो कार्यक्रम अन्र्तगत फोटोग्राफर संघ गण्डकी को सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । कार्यालयको उद्घाटन प्रमुख अतिथि सुनिल उलकले रिवन काटेर गर्नुभएको थियो ।
बिहान ८ बजे पोखरा फोटोग्राफर संघको कार्यलय टुडाकोे पाटनबाट शुरु भै मानवअधिकार चोक चिप्लुढुड.गा ,महेन्द्रपुल हुदै चिप्लेढुंगा स्थित दी गार्डेन रेष्टुरेन्टमा गई सभामा परिणत भएको थियो । कार्यक्रममा पोखरा क्षेत्रका फोटोग्राफरहरु तथा फाटोपत्रकार र फोटोमा अभिरुची हुने महानुभाव तथा फोटोग्राफरहरुको उपस्थित रहेको थियो ।
पोखरा क्षेत्रका पुराना फोटो तथा भिडियो संकलक सुनिल उलकको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राष्ट्रिय मिराज बिवाह फोटोग्राफी प्रतियोगिा साथै नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा गरिएको थियो । कार्यक्रममा स्वागत भाषण फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जिवन ढुंगानाले गर्नुभएको थियो भने अक्षयकोषदाता भक्त तामाड.ले सो अवार्डको स्थापना गर्नुको उदेश्य र आफ्नो देश बिदेशको फोटोग्राफी अनुभवबारे बताउनु भएको थियो ।
पोखरा क्षेत्रका पुराना फोटो संकलन बारे बताउदै प्रमुख अतिथी सुनिल उलकले आगामी दिनमा पोखरामा फोटोग्राफी क्षेत्रको ठुलो धनरासीको पुरस्कार स्थापना हुन गइरहेकोे जानाकारी दिनुभयो । फोटोग्राफर संंघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले संस्थाले यस वर्ष प्रदेश भित्र भए गरेका गतिबिधी र आगामी कार्यक्रम बारे बताउनु भएको थियो । सचिव तुलसी सुबेदीको सञ्चालनमा भएकोे कार्यक्रम लगत्तै सोही हलमा पोखरा फोटोग्राफर संघको अवार्ड परिणाम घोषणा भएको थियो ।
पोखरा, २३ साउन २०८१ रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर क्षेत्रस्थित...
Read More
पोखरा, १२ पुष । कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ । तमु ल्होसार,...
Read More
पोखरा, ११ माघ । २४ औं आहा रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो...
Read More
पोखरा । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा...
Read More