माघ २० गते २०८१

स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा थापा

कमल पौडेल अथक
पोखरा २०, माघ
स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा शिववहादुर थापा चयन भएका छन् ।
शनिवार पोखरामा सम्पन्न १४ औं अधिवेशनले थापाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सदनको उपाध्यक्षमा कोपिला तिवारी, विष्णुप्रसाद पोखरेल, र कमल पौडेल अथक चयन भएका छन् ।
सदनको महासचिवमा रुक्मागत भण्डारी, सचिवमा दीनदयाल पाण्डे, कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल चयन भएका छन् ।
सदनको सदस्यहरुमा केशवप्रसाद ढकाल, कृष्णमान विक, रुद्रप्रसाद शर्मा, गणेशवहादुर थापा, अर्जुन कार्की, पार्वती थापा, रेशमाया थापा, यामप्रसाद पौडेल र अञ्जु थापा खत्री चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिव वासुदेव रेग्मीले स्याङजालीका पीर मर्कामा सदन सारथी वन्ने विश्वास व्यक्त गरे । उनले सदनको शीर उचो वनाउँदै स्थापनाको उदेश्य र औचित्य अनुसार काम गर्न आग्रह गरेका छन् ।
सदनका अध्यक्ष तारा गौतम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, महेन्द्रप्रकाश पौडेल, पूर्व अध्यक्ष प्रा डा.दीलवहादुर क्षेत्री, लीलाप्रसाद पँगेनी, कृष्णवहादुर थापा, सल्लाहकारहरु पीताम्वर शर्मा नेपाली, डा.वोधराज ढकाल, डा. टेकनारायण पौडेल, डा चन्द्रवहादुर गुरुङ, श्याम रेग्मी, उपाध्यक्ष धर्मराज अर्याल, महासचिव शिववहादुर थापा, र सचिव रुक्मागत भण्डारी लगायतले वोलेका थिए ।
सो अवसरमा आँधीको सुसेली अंक १० लोकार्पण गरिएको थियो । कार्यक्रममा सदनले कृष्णप्रसाद रेग्मीलाई सम्मान गरेको थियो । उनले सदनको अक्षयकोषको लागि १ लाख रुपैंया दिने घोषणा गरेका छन् । सदनका अध्यक्ष तारा गौतम सुनारले सदनका पूर्व अध्यक्षहरुलाई व्यक्तिगत रुपमा सम्मान गरेका थिए । यसअघि भएको बन्दसत्रले महासचिव र कोषाध्यक्षका प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।