वैशाख ६ गते २०७९

समाजका सवै समुदायको समुचित विकास हुन आवश्यक छः मन्त्री बराल

पोखरा ५, वैशाख

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समाजका सबै समुदायको समुचित विकास हुन आवश्यक भएको बताउनु भएको छ । पोखरा १८ को सिमाना मार्ग आर्दश बस्ती सहितको सडक बाटो सोमबार अवलोकन गर्दै मन्त्री बरालले हरेक समाजको समुचित विकास हुनु पर्नेमा जोड दिनु भएको हो ।

कुनै समाज मा एक दुई जना धनि हुदैमा समाजका सबै धनि हुन नसक्ने बताउदै मन्त्री बरालले समाजका सवै मानिसहरु स–सम्मान पूर्वक बाच्न पाउने बनाउनु पर्ने उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो“ घर अगाडी चिल्लो बाटो, घर घरमै धारा जडान भएको छ तर त्यो समाजमा मानिस अपमानित र हेपिएको छ भने बास्तवमा भित्रबाटै न्याय भएको महशुस हुदैन ।” माओबादी केन्द्रका नेता समेत रहनु भएको मन्त्री बरालले सामाजिक न्याय सहितको विकास आवश्यक भएको बताउनु भयो । जहाँ पहुच छ त्यहाँ मात्र बढी विकास भएको नेपालको परम्परा रहेको उहाँको भनाई थियो । चुनावको मुखमा विकासको नाममा विभिन्न ललि पप आउने हुदा त्यस तर्फ मतदाता अब सर्तक हुनुपर्ने मन्त्री बरालको भनाई थियो ।

माओबादी केन्द्र पोखरा १८ का पुर्व अध्यक्ष एवं पोखरा १८ का प्रत्यासि वडा अध्यक्ष राजु तिमिल्सिनाले न्यान सहितको अधिकार प्रदान गर्न आफ्नो स्थानिय तहको निर्वाचनमा आफ्नो उमेदवारी भएको बताए । सराङकोटमा खानेपानी समस्या समाधनको लागि मन्त्री बरालको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै तिमिल्सिनाले हाल केही छुट पुट बस्तीमा पानी वितरणमा केही समस्या भएको बताए ।

माओबादी केन्द्रका युवा नेता युवराज खतिवडाले उक्त सडक सहितको खोलामा तारजाली लगाउन व्यक्तिगत रुपमा एक लाख सहयोग गर्ने घोषणा सहित बाँकी थप सहयोग उपलब्ध गराउन पहल गर्ने जनाउनु भयो । माओबादी केन्द्र पोखरा १८ का अध्यक्ष पुर्णाखर तिमिल्सिनाले आफ्नो पार्टीले गरिब तथा विपन्न बर्गको पक्षमा वकालत गर्दै आएको बताए ।