चैत्र २१ गते २०७८

सुवेदी समाज नेपालको साधारण सभा सम्पन्न — अध्यक्षमा तुलसी राम सुवेदी


२० चैत्र, कास्की
पुतलीबजार ६ टक्सार स्याड.जा जन्मस्थान तथा पुरख्यौली घर हुने नेपालभर छरिएर रहेका सुवेदी बन्धुहरुले, संस्थाको स्थापना दिवस को अवसर पारेर तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेका छन ।
उक्त अबिधेशनवाट तुलसी राम सुवेदीको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा रामु सुवेदी, द्धितीय उपाध्यक्ष रामचन्द्र सुवेदी, ,महासचिवमा भिम प्रसाद सुवेदी, सचिवमा ताराप्रसाद सुवेदी , कोषाध्यक्षमा मुत्ति नाथ सुवेदी ,सहकोषाध्यक्षमा तारा सुवेदी र सदस्यहरुमा चोलाकान्त सुवेदी, शुशिला सुवेदी, बिष्णुमाया सुवेदी, कमला सुवेदी र जगत प्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन । बांकी ३ सदस्य पछि कार्यसमितिले चयन गर्ने गरि कार्यसमितिलाई जिम्मेवारी दिईएको छ ।
गजेन्द्र प्रसाद सुवेदी , छविराज सुवेदी र बिष्णु प्रसाद सुवेदी रहेको तिन सदस्यीय निर्वाचन समितिले नया कार्यसमिति चयन गरि पद तथा गोपनियताको सफथ ग्रहण गराएको थियो ।
संस्थाका अध्यक्ष लिलाधर सुवेदीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष रामु सुवेदीले गरेका थिए । संस्थाका महासचिव तुलसी राम सुवेदीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम संयोजक तथा उपाध्यक्ष भिम सुवेदीले कार्यक्रममा उपस्थित सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा महासचिवको प्रगती प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत सहित अनुमोदन गरिएको थियो ।