पौष १६ गते २०८०
गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा विजय शाही सर्वसम्मत निर्वाचित
पोखरा। गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमित सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यमा शिब शर्मा, महेश प्रसाद पौडेल, रुद्र बहादुर खड्का ९रविन्द्र० विरेन्द्र तिवारी, कृष्ण बहादुर रानाभाट, निशान कार्की र दिपेश गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशन लगतै सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै कार्यसमिति सदस्यमा सुस्मिता पाठकलाई मनोनयन गरेको छ ।
यस अघि भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले दशौंको तयारीमा जुट्न र खेलाडी उत्पादनमा विशेष ध्यान दिन आग्रह गरे ।
सो अवसरमा नेपाल फेन्सिङ संघका कोषाध्यक्ष अनुप कपालीले पोखरामा ५ वर्ष अघि बाट सुरु भएको फेन्सिङ खेलले खेलाडी उत्पादन गरी राष्ट्रियस्तरमा पदक जित्न सफल भएको भन्दै प्रशंसा गरे ।
संघका नवनिर्वाचित अध्यक्ष शाहीले गण्डकीमा फेन्सिङ खेलको विकासका लागि निर्वाचित कार्यसमितिले कोही कसैसंग भेदभावपूर्ण ब्यबहार नगरी योजनावद्ध रुपमा कार्य गर्ने प्रतिवद्धता जनाए । उनले भने–“यहाँहरुले दिनुभएको साथ र सहयोगका लागि आभार व्यक्त गर्दछु । संघलाई सुशासन तर्फ अघि बढाउने संगै लैङ्गिक समानता, अनुशासन र खेलकुदप्रतिको उच्च मर्यादामा रहि संघ अघि बढ्ने छ ।”
सम्पन्न अधिवेशनमा निर्वाचन समितिको संयोजकको जिम्मेवारी सम्हालेका विष्णु प्रसाद अधिकारी र घनश्याम पौडेलले नवनिर्वाचितहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।