फोटोग्राफी प्रतियोगिताको नतिजा घोषणा गर्दै मनायो फोटोग्राफर संघ गण्डकीले आफ्नो स्थापना दिवस , पोखराकी सिरु को फोटो उत्कृष्ठ बन्यो।
तुलसी राम सुवेदी, २१ भाद्र, पोखरा गण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफरसंघ गण्डकीले आफ्नो तेस्रो स्थापना दिवसको अबसरमा फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा घोषणा सहित आफ्नो स्थापना दिवस मनायो । गत भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसका दिन घोषणा गरिएको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा भाद्र २० गते आफ्नो स्थापना दिवसका दिन घोषणा गरेको हो ।
यस फोटो प्रतियोगितामा देश भरबाट १४५ फोटो प्रतिस्प्रर्धामा रहेका थिए । खुल्ला रुपमा सामाजिक संजाल अन्र्तगत फोटोग्राफर संघ गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृती तथा वातावरण सम्बन्धी गण्डकी प्रदेश भित्र खिचिएका तस्विरहरु समावेश भएका थिए । कुल १४५ तस्विर मध्ये पोखराकी सिर्जना भुर्तेल( सिरु) को तस्विर उत्कृष्ठ घोषणा भयो भने अन्य उत्कृष्ठ १० मा पर्न सफल फोटोग्राफरहरुमा , बिक्रम न्यौपाने, जिवन ढुंगाना ,बिष्णुहरी अधिकारी , बिलक सुवेदी , दिवस बराल, अर्जुन कुवर,अनुप गुरुङ्ग, राहुल सुवेदी ,सुरेश रेग्मी ,यामु कुमाल रहेका छन ।
सर्वोत्कृष्ठ फोटो ः सिर्जना भुर्तेल(सिरु)
फोटो पत्रकार कृष्णमणि बराल र घनश्याम पौडेलको निर्णायक समितिले उतकृष्ठ ११ फोटो सिफारीस गरेको थियो । निर्णायक समितिले सिफारीस गरेका फोटोहरुलाई कार्यक्रममा घोषणा गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको भुमिका निर्बाह गर्दै पत्रकार महासंघ कास्की कि अध्यक्ष बिमला भन्डारी , नेपाल पत्रकार महासंघ रास्ट्रिय परिषद सदस्य कमल पौडेल अथक ,नेपाल फोटोपत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङ , नेपाल फोटोपत्रकार संघ कास्कीका अध्यक्ष प्रदिप पौडेल , निर्णायक समितिका संयोजक फोटोपत्रकार कृष्णमणि बराल , घनश्याम पौडेल, कैलास सहकारी संस्थाका अध्यक्ष शिबहरी अधिकारी, संस्थाका सल्लाहाकार गणेश छवि, तनहुं फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ,पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी, फोटो प्रतियोगितामा उत्कृष्ठ १० मा पर्न सफल युवा फोटोग्राफर बिष्णुहरी अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । स्वागत मन्तव्य सहित स्थापना दिवस तथा फोटोग्राफी प्रतियोगिताको महत्वका बारेमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल ले प्रष्ट पार्दै उत्कृष्ठ फोटोलाई रु ५००० र प्रमाणपत्र ले उत्कृष्ठ दश लाई प्रमाण्पत्र तथा खादाले संस्थाको साधारण सभामा सम्मान गरिने जानकारी दिनुभएको थियो । संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव तुलसी राम सुवेदीले संचालन गर्नुभएको थियो ।
“होइन त्यो माथिघर बद्रीकाकाको छोरा त साह्रै बिग्रिएछ।पहिले पहिले रक्सी चुरोट मात्र खान्थो अचेल त गाँजा तान्न पनि थालेछ। “त्यती मात्र कहाँ हो र ड्रग पनि लिन्छ रे,अस्ती त्यो...
Read More
पोखरा १२, फागुन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले चालु आर्थिक बर्षमा पुंजिगत खर्च कम्तिमा पनि ८० प्रतिशत बजेट खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन...
Read More
काठमाडौं ,२२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज २०...
Read More
पोखरा । गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति...
Read More