पुंजिगत खर्च कम्तिमा ८० प्रतिशत गर्ने गरी गति बढाउन मन्त्री बरालको निर्देशन
पोखरा १२, फागुन
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले चालु आर्थिक बर्षमा पुंजिगत खर्च कम्तिमा पनि ८० प्रतिशत बजेट खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु भएको छ । प्रदेशको अर्थ मन्त्रालयले विहिबार तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री बरालले निमित्त देखायर कर्मचारीले छुट नपाउदै बताउदै पुंजिगत खर्च ८० प्रतिशत भन्दा बढी गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु भएको हो ।
लुकेर बसेका राजश्वको क्षेत्र वा सुत्रहरु जानकारी गराउन आग्रह गर्दै मन्त्री बरालले प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्नुपर्ने बताउनु भयो । संघको बजेटले मात्र प्रदेश सरकार चल्नुको औचित्य नहुने उहाँले जनाउनु भयो । सम्बन्धित कार्यालयहरुको समस्या पहिचान गरी समाधान गर्न भनि आयोजना गरिएको उक्त कार्यक्रम पश्चात योजनाहरु समयमै गुणस्तरिय ढंगले सम्पन्न हुने मन्त्री बरालले विश्वास व्यक्त गर्नु भयो । आगामी बर्षमा आवश्यक पर्ने योजनाहरु सम्बन्धित कार्यालयहरुले जनताको आवश्यकताको आधारमा मात्र ल्याउनु पर्ने मन्त्री बरालको भनाई थियो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले राजश्व बृद्धि हुने श्रोतहरुको खोजी गर्नुपर्ने बताउनु भयो । मन्त्रालयले कम्तिमा चौमासिकमा छलफल तथा अन्तरक्र्रिया कार्यक्रम गर्न सके बजेट प्रभावकारी हुने उहाँले दाबी गर्नु भयो । प्रदेश निती तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले बजेट खर्च गरेसंगै गुणस्तरियतालाई समेत ध्यान दिन सुझाव दिनु भयो ।
मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले सम्बन्धित मन्त्रालयले २५ प्रतिशतसम्म रकमान्तर गर्न सक्ने बताउदै बढी रकम रकमान्तर गर्नु पर्ला अर्थसंग सहमति लिनुपर्ने बताउनु भयो । यस बर्ष खर्च भएर बचत हुने सम्भावना न्यून रहेको उहाँले बताउनु भयो ।
मन्त्रालयका उपसचिव वसन्तराज तिवारीले पुंजिगत खर्च बढाउने उद्धेश्यले हालसम्म प्रदेशका ९ जिल्लामा उक्त कार्यक्रम गरिएको बताउनु भयो । कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका किशोर कुमार श्रेष्ठले हालसम्म जिल्लामा पुंजिगत तर्फ १८ प्रतिशत र चालु चर्फ ३८ प्रतिशत बजेट खर्च भएको बताउदै १० करोड राजश्व संकलन भएको जनाउनु भयो ।
भौतिक पुर्वाधार विकास कार्याँलयका प्रमुख दिनेश घिमिरेले जग्गा प्राप्ती, कोभिडको कारण ३९ योजना हाल बजेट नहुदा समस्या भएको बताउनु भयो । बहुबर्षीय योजनाको यस बर्ष करिब २० करोडको दाहित्व सृजना भएको उहाँले बताउनु भयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका राजेन्द्र प्रसाद न्यौपानेले लिफ्टीङ र बिद्युतीकरणका केही योजनाहरु भएको जसमा कम बजेट भएको गुनासो गर्नु भएको छ । भू तथा जलाधार कार्यालय तनहुँका बजेट कम भएकोले कार्यालय प्रति नै हौचित्यता प्रति प्रश्न उठ्ने गरेको बताउनु भयो । कृषि ज्ञान केन्द्रका कुल प्रसाद न्यौपानेले घर बस्ती नजिक वन जंगल बढ्नाले बादर समस्या हुने गरेको जनगुनासो आएको जनाउनु भयो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा बजेट कम, कर्मचारी कम, सवारी साधन आवश्यक, टुक्रे योजना लगायतको गुनासो आएको थियो । कार्यक्रमको संचालन भने मन्त्रालयका अधिकृत तारानाथ सुवेदीले गर्नु भएको थियो ।
पोखरा, साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले...
Read More
कमल पौडेल अथक पोखरा १६, वैशाख पोखरा ५ प्रस्र्याङमा रहेको बीगमार्टले थुप्रै म्याद गुर्जेका सामान विक्री गरेर उपभोक्ता माथि चरम ठगी गरेको फेला परेको छ । सुमनवहादुर थापाको नाममा...
Read More
पोखरा ११ असारगण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको...
Read More