माघ ११ गते २०७८

गण्डकीका ट्याक्सी मा नयाँ भाडा नियम


माघ १०,पोखरा
गण्डकी प्रदेश सरकारले ट्याक्सीको मनपरी भाडा तोक्ने प्रवृत्ति नियन्त्रणको प्रयास गरेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले व्यवसायीको समेत चित्त बुझाउँदै नयाँ ट्याक्सी भाडा का साथै ट्याक्सी र चालकमा नया नियम लागू गर्दैछ ।

पोखराबाट सुरु गरेर प्रदेशभर यो नियम लागू गर्ने प्रदेश सरकारको योजना छ । सरकार र व्यवसायीबीच भएको प्रतिबद्धताअनुसार फागुन मसान्तभित्र प्रदेशभित्रका सबै ट्याक्सीमा मिटर जडान गर्नुपर्ने छ र त्यसपछि नयाँ भाडा दर लागु हुनेछ । मिटरमा ट्याक्सी चलाउने, जिपिएिस जडान गर्ने, निर्धारित पोसाक लगाउनेलगायत सरकारको शर्त मानेसँगै नयाँ भाडा दर कायम गर्न व्यवसायी सहमत भएका छन् ।

गण्डकी प्रदेश सरकारको ३ माघमा बसेको मन्त्रिपरिषद् बैठकले ट्याक्सीसहित सार्वजनिक यातायातको भाडा समायोजन गर्ने निर्णय गरेको थियो । त्यही निर्णय कार्यान्वयवका लागि ट्याक्सी व्यवसायी, मजदुर संगठन, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत संस्थाले सरकारसँग गत ६ माघमा लिखित प्रतिबद्धता जनाएका छन् ।
नयाँ नियम अनुसार फागुन मसान्तभित्र ट्याक्सीमा बिलिङसहितको मिटर जडान गर्नुपर्ने छ । सरकार र व्यवसायीबीच भएको सहमतिअनुसार फ्ल्याग डाउनबापत ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क लाग्दैन । दुई सय मिटर कटेपछि प्रति पल्स प्रत्येक दुई सय मिटर०मा थप १० रुपैयाँ लाग्छ । फ्ल्याग डाउन र पल्सको नियम १५ किलोमिटरभित्र गुड्दामात्रै लागु हुनेछ ।

१५ किलोमिटर माथि प्रतिकिलोमिटर ३७।५ रुपैयाँ थप शुल्क लाग्ने छ । यो रकम प्रतियात्रु नभई ट्याक्सी क्षमतासम्म जति जना चढे पनि समान हुन्छ । भाडा लिँदा चालकले ट्याक्सी नम्बर, आफ्नो नाम र मोबाइल नम्बर देखिने गरी भाडा रकम उल्लेख भएको प्रिन्टेड बिल यात्रुलाई दिनुपर्छ । मन्त्रिपरिषद्ले भाडा समायोजनको निर्णय गरिसकेकाले अब प्रमुख सचिवले नयाँ भाडा दर र नियमलाई प्रमाणीकरण गरेर राजपत्रमा सूचना प्रकाशन गर्ने छन् ।

चैतसम्म पोखरा र गण्डकी प्रदेशभित्र चल्ने ट्याक्सीले छतमा पहेँलो रङ लगाउनुपर्ने छ । राजपत्रमा प्रकाशित भएको एक महिनाभित्र रङ र अगाडि भागमा ट्याक्सी लेखिएको लाइट जडान गर्नुपर्ने यातायात मन्त्रालयले जनाएको छ ।

त्यस्तै चालकले आकाशे रङको सर्ट, कालो पाइन्ट र जुत्ता आफ्नो परिचय खुल्ने परिचयपत्र देखिने गरी प्रयोगमा ल्याउने लगाउने छन् । ‘ट्याक्सीहरूले अनिवार्य रूपमा पहिचानका लागि छतमा पहेँलो रङ पोतिएको र अगाडिको फेसमा ट्याक्सी पहिचान हुने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशित भएको एक महिनाभित्र छतमा ट्याक्सी ९अंग्रेजीमा० लेखिएको लाइट जडान गरिसक्ने,’ प्रतिबद्धताको छैटौँ बुँदामा भनिएको छ .