चैत्र २३ गते २०८१
दाङ्ग जील्ला फोटोग्राफर एशोसियशन को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन
२४ चैत्र २०८१,
घोराही। दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन र शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ। एसोसिएसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षता तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको प्रमुख अतिथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि वसन्त जोशीले नयाँ वर्ष २०८२ को अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै भित्तेपात्रोको विमोचन कार्यक्रमलाई महत्वपूर्ण कदम मान्नुभयो। यो भित्तेपात्रोले दाङ जिल्लाका फोटोग्राफरहरूको क्षमतामा आधारित कला र सिर्जनशीलताको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र एशोसियशनले दाङ जिल्लामा फोटोग्राफी क्षेत्रको विकासका लागि नयाँ अवसरहरूको सिर्जना गर्नुपर्ने र सबै व्यावसायिक फोटोग्राफरहरूको समन्वयलाई जोड दिनुपर्ने बताए । । उनले भने, “यस क्षेत्रका फोटोग्राफरहरूले नयाँ प्रविधि र सिर्जनात्मकता अपनाउँदै आफ्नो क्षमता र सशक्तिकरणमा जोड दिनु पर्ने आवश्यकता रहेको छ।
कार्यक्रममा भित्तेपात्रोमा विज्ञापन दाता र उत्कृष्ट फोटोग्राफरलाई सम्मान र कदर पत्र प्रदान गरिएको महासचिव लक्ष्मण न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका निवर्तमान अध्यक्ष र नारायणपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष वसन्त न्यौपाने, नेपाल फोटोग्राफर महासंघका सदस्य नारायण खनाल, केन्द्रिय सदस्य अनिशा शाक्य, चितवन फोटोग्राफरका अध्यक्ष धुर्ब सापकोटा, सर्लाही फोटोग्राफरका अध्यक्ष बलराम चालिसे, सल्यान फोटोग्राफर एसोसिएसनका संयोजक दिल बहादुर बुढाथोकी, गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष विनोद पाण्डे, रेडिमेट र फेन्सी समितिका अध्यक्ष निराजन श्रेष्ठ, मोबाइल र इलेक्ट्रोनिक व्यवसायी समितिका उपाध्यक्ष भिमसेन डिसिलगायतले शुभकामना मन्तव्य दिएका थिए।
एसोसिएसनका उपाध्यक्ष नारायण विकको स्वागत मन्तव्यबाट कार्यक्रमको संचालन एसोसिएसनका महासचिव लक्ष्मण न्यौपानेले गरेका थिए ।