माघ ८ गते २०७७
प्रतिनिधि सभा विघटनविरुद्ध मुलुकभरका वडामा कांग्रेसको विरोध प्रदर्शन
कमल पौडेल अथक
पोखरा ८, माघ
आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध मुलुकभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गरेको छ । दोस्रो चरणको अन्तिम कार्यक्रम अन्तरगत कांग्रेसले बिहिबार मुलुकभरका वडाहरुमा विरोध प्रदर्शन गरेको हो । कांग्रेसले विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै आन्दोलन गरिरहेको छ ।
कांग्रेसले यसअघि विघटनविरुद्ध पहिलो चरणमा पुस १३ गते मुलुकभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दोस्रो चरणको पहिलो दिन पुस २५ गते मुलुकभरका ३३० प्रदेश सभा क्षेत्रीय समितिहरुमा र माघ ३ गने दोस्रो चरणको दोस्रो कार्यक्रमका रुपमा मुलुकभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन ।
यसैबीच कास्कीको पोखरा महानगरपालिका र सवै गाउँपालिकाका वडा तहमा आज विरोध प्रर्दशन गरिएको छ ।
पोखरा ८ को विरोध प्रर्दशनलाई प्रदेश सांसद विन्दुकुमार थापा, महासमिति सदस्य शोभियतवहादुर अधिकारी, बीरेन्द्रनारायण विजुक्छे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एवं कांग्रेसका युवा नेता गंगाधर पराजुली, सुनील मर्सानी, कृष्णमान ठूसाजू, शारदा गिरी, मेनुका वराल, राजन पौडेल, हारुङ खान पैठान, गिरीराज चालिसले लगायतले सम्वोधन गरेका थिए । नेपाली कांग्रेस वडा नं ८ का अध्यक्ष सुबास सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसैगरी नेपाली कांग्रे पोखरा ५ ले जिरोकिलोमिटरवाट विरोध र्याली सुरु गरी प्रस्र्याङ चोकमा पुगेर कोण सभा गरेको थियो । सभालाई कांग्रेस नेताहरु देबदत्त कोइराला, विद्यार्थी नेता गोविन्द एससी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एवं कांग्रेसका युवा नेता गंगाधर पराजुली, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य विजयालक्ष्मी कोइराला, प्रेमवहादुर खत्री, रामजी प्रसाद कोइराला, सीता शर्मा, पार्वती कोइराला लगायतले सम्वोधन गरेका थिए । इकाई अध्यक्ष फणिन्द्रराज पराजुलीको अध्यक्षतामा विरोध कार्यक्रम भएको थियो ।
उनीहरुले अदालतले संसद पुनस्थार्पना गरे पनि नगरेपनि कांग्रेसले संगठन सुदृढ गर्दै अगाडि वढ्नु पर्ने वताए ।