फागुन ४ गते २०७९
सस्कृतीका धनी नेपाली संस्कारले गरिव बन्दै छौ ;
गाउको घरले बिदेश पुगेका वा शहर पसेका घरमालिक पर्खिरहेको छ । नेपाल गाउ नै गाउले ढाकिएको देश हो , नेपाल कृषि प्रधान देश हो । गलत यो अहिले नेपालका अधिकांस जनता गाउमा बस्छन र खेती पाती गर्छन । यो भनाई आज भन्दा ३० वर्ष अगाडीको हो अहिलेको हैन । सन १९९० देखी सन २०२० अर्थात नेपालमा २०४६ को बहुदल पछी भएको परिर्वतनले हामीले पहिले पढेको गाउले भरिएको देश, कृषिप्रधान देश परिर्वतन गरेको छ । ३० वर्ष अगाडी नेपालको जनसंख्याको ९० प्रतिसत गाउमा बस्थे भने १० प्रतिसत शहरमा बस्थे तर २०७८ को डाटामा शहरमा बस्ने नेपाली ६३ प्रतिसत र गाउमा ३७ प्रतिसत देखिन्छ । यस्तै ३० वर्ष पहिले नेपालको जिडिपीको ९० प्रतिसत कृषीमा आधारित उत्पादन थियो भने अहिले भने अहिले कृषीको योगदान झण्डै एक तिहाई अर्थात ३१ प्रतिसतम झरेको छ । यस्तै सन १९९० मा ६ हजार ३ सय ४५ नेपाली श्रमका लागि भारत बाहेकको देश गएका थिए र त्यसबेलाको रेमिटान्स आय ५५ करोड थियो । अहिले नेपालका ५० लाख भन्दा बढि जनशक्ति बैदेशिक रोजगारमा छन भने झण्डै ११ खरव रेमिटान्स भित्रिएको छ । यो भनेको हाम्रो जिडिपीको एक चौथाई हो, यसैले नै नेपाल श्रीलंका हुनबाट जोगाएको छ । अर्को तर्फ ३० वर्ष अगाडी ८० प्रतिसत सामानमा आत्मनिर्भर थियौ । करिव २० देखी ३० प्रतिसत मात्र ब्यापार घाटामा थियो किनकी चामल, तेलहन, अधिकांस खाद्यपदार्थ देशमा नै उत्पादन हुन्थ्यो ।
तर अहिले गएको वर्षको डाटा हेर्दा हामीले १९ खरवको सामान भित्राएका छौ आयत गरेका छौ । निर्यात केवल २ खरवमात्र छ अर्थात १० प्रतिसत मात्र आत्मनिर्भर देखिन्छ त्यो पनि नेपाली कच्चा पदार्थ नभइ भारतबाट सनफ्वार ल्याइ नेपालमा प्रशोधन गरेर युरोप बेच्न लैजाने भारतिय माडवारी नाफाखोर उद्योगीको चालबाजीले यो निर्यात देखिएको हो वास्तविकतामा त्यो भन्दा धेरै कम निर्यात छ ।
देश बिकासका ३ खास पिल्लरहरु आर्थिक बिकास, सामाजिक बिकास र राजनैतिक बिकास भनिन्छ । २०४६ पछीको परिर्वतनले राजनैतिक बिकासमा केही फरक भयो त्यो हामी सवैले देशको शासन सत्ता तथा राजनैतिक दल र स्वच्छचारिताको परकास्टा दैनिक देखिदै आएको छ । अर्को २ पिल्लर आर्थिक बिकास र सामाजिक बिकास भने धरासायी बनेको छ । गाउघर रित्तिदो छ गाउमा गरिव परिवारका बृद्ध आमाबुबा र केटाकेटी मात्र रहेका छन । युवाजनशक्ति बैदेशिक रोजगारमा पलायन भएका छन भने केही हुने शहर छिरेका छन । त्यसैले गाउघर सुन्य छ घरको पिडीमा झार पलाएको छ छानो भत्तेको छ भने खेतवारी बाझो छ ।
देश बिकासको आधारस्तम्भ भनेको नै शिक्षा हो अझ प्रबिधीमुलक समसामहिक शिक्षा र ब्यावहारिक ज्ञानले नै देश बिकास हुने हो । ०४६ पछिको हाम्रो शिक्षा धनी र गरिव बिच बिभाजन भयो । सरकारी र बोडिड. स्कुलले दुइथरी बिद्यार्थी उत्पादन गरिरहेको छ । जव सम्म कुनै देशको शिक्षा, स्वास्थ्य र सुरक्षालाई समान बनाइदैन त्यो देशको बिकास कहिल्यै कदापी हुदैन । हाम्रोमा अंग्रेजी शिक्षा दिने शिक्षालयले बिदेशको लागि अदक्ष कामदार उत्पादन गरिरहेका छन भने सरकारी स्कुलले स्वदेशको नेता र कार्यकर्ता । अहिलेका झण्डै ९० प्रतिसत बिद्यार्थीलाई सहज तवरले अस्टेलिया, युरोप, अमेरिका छिर्न भिषा पाए नेपाल बस्देनन् । नेपालमा बर्षेनी ४ लाख ५० हजार युवा जनशक्ति रोजगारका लागि तयार हुन्छन भने नेपालमा मुस्किलले ५० हजारले रोजगार पाउछन । नेपालमा पाइने रोजगार पनि त्यती प्रयाप्त हुदैन त्यसैले अधिकांस पढेका वा नपढेका युवाको गन्तब्य बिदेश नै हुन्छ । पढेका युरोप अमेरिका ताक्छन नपढेका वा पहुच नहुनेहरु खाडी देश, मलेसिया वा यस्तै सामान्य देश पुग्छन । आखिर नेपाली समाज यसरी बिभक्त हुनु स्थानान्तरण हुनु राष्ट्रिय राजनैतिक कारण त हो नै त्यो भन्दा धेरै हाम्रो राम्रो सस्कृतिको खराव संस्कारले गर्दा हो । हामी सस्कृतीका धनी नेपालीआफ्नै सस्कारले प्रबृतीले दिनदिनै गरिव हुदै छौ ।
हाम्रो मानसिकतामा बजारमा घर चाहिन्छ, घरमा बिदेशी सामान चाहिन्छ । दैनिक भोजभतेर, पार्टी, बिहेका कार्यक्रमको अनावश्यक र्खच, बिभिन्न आयातित सस्कृतीलाई हामी आफ्नो सस्कृती बनाउदै छौ । केक काटेर जन्मदिन मनाउने देखी फेसनेवल र आइफोनले हाम्रो सस्कार खाइरहेको छ । उता आय भन्दा ब्याय धेरै गरेर हरेक नेपाली , नेपाली समाज र नेपाल देश नै टाट पल्टने अवस्थामा छ । बजार अस्तब्यस्त छ भने फाइनान्स कम्पनीहरु खोक्रो बन्दैछन । ऋण कर्जा र क्रेडिटले ब्यापार ब्यावसाय भित्रभित्र धमिरो लागेको छ । बास्तवमा हामी यो नाजुक अवस्थामा पुग्नुको मुख्य कारण नै हाम्रो पुख्यौली त्यो राम्रो गाउ अनी आफ्नो घर छाडेर हिडेपछी पिडीमा उम्रेका झारले नेपालीलाई सराप हालिरहेको छ । बिदेश बसे पनि शहर पसेपनि त्यो गाउको घरले पर्खिबसेको छ, देश परिर्वतनको पर्खाइमा घरको छानोले घर ओतिरहेको छ ।
Gs Nepali
गाउको घरले बिदेश पुगेका वा शहर पसेका घरमालिक पर्खिरहेको छ । नेपाल गाउ नै गाउले ढाकिएको देश हो , नेपाल कृषि प्रधान देश हो । गलत यो अहिले नेपालका अधिकांस जनता गाउमा बस्छन र खेती पाती गर्छन । यो भनाई आज भन्दा ३० वर्ष अगाडीको हो अहिलेको हैन । सन १९९० देखी सन २०२० अर्थात नेपालमा २०४६ को बहुदल पछी भएको परिर्वतनले हामीले पहिले पढेको गाउले भरिएको देश, कृषिप्रधान देश परिर्वतन गरेको छ । ३० वर्ष अगाडी नेपालको जनसंख्याको ९० प्रतिसत गाउमा बस्थे भने १० प्रतिसत शहरमा बस्थे तर २०७८ को डाटामा शहरमा बस्ने नेपाली ६३ प्रतिसत र गाउमा ३७ प्रतिसत देखिन्छ । यस्तै ३० वर्ष पहिले नेपालको जिडिपीको ९० प्रतिसत कृषीमा आधारित उत्पादन थियो भने अहिले भने अहिले कृषीको योगदान झण्डै एक तिहाई अर्थात ३१ प्रतिसतम झरेको छ । यस्तै सन १९९० मा ६ हजार ३ सय ४५ नेपाली श्रमका लागि भारत बाहेकको देश गएका थिए र त्यसबेलाको रेमिटान्स आय ५५ करोड थियो । अहिले नेपालका ५० लाख भन्दा बढि जनशक्ति बैदेशिक रोजगारमा छन भने झण्डै ११ खरव रेमिटान्स भित्रिएको छ । यो भनेको हाम्रो जिडिपीको एक चौथाई हो, यसैले नै नेपाल श्रीलंका हुनबाट जोगाएको छ । अर्को तर्फ ३० वर्ष अगाडी ८० प्रतिसत सामानमा आत्मनिर्भर थियौ । करिव २० देखी ३० प्रतिसत मात्र ब्यापार घाटामा थियो किनकी चामल, तेलहन, अधिकांस खाद्यपदार्थ देशमा नै उत्पादन हुन्थ्यो ।
तर अहिले गएको वर्षको डाटा हेर्दा हामीले १९ खरवको सामान भित्राएका छौ आयत गरेका छौ । निर्यात केवल २ खरवमात्र छ अर्थात १० प्रतिसत मात्र आत्मनिर्भर देखिन्छ त्यो पनि नेपाली कच्चा पदार्थ नभइ भारतबाट सनफ्वार ल्याइ नेपालमा प्रशोधन गरेर युरोप बेच्न लैजाने भारतिय माडवारी नाफाखोर उद्योगीको चालबाजीले यो निर्यात देखिएको हो वास्तविकतामा त्यो भन्दा धेरै कम निर्यात छ ।
देश बिकासका ३ खास पिल्लरहरु आर्थिक बिकास, सामाजिक बिकास र राजनैतिक बिकास भनिन्छ । २०४६ पछीको परिर्वतनले राजनैतिक बिकासमा केही फरक भयो त्यो हामी सवैले देशको शासन सत्ता तथा राजनैतिक दल र स्वच्छचारिताको परकास्टा दैनिक देखिदै आएको छ । अर्को २ पिल्लर आर्थिक बिकास र सामाजिक बिकास भने धरासायी बनेको छ । गाउघर रित्तिदो छ गाउमा गरिव परिवारका बृद्ध आमाबुबा र केटाकेटी मात्र रहेका छन । युवाजनशक्ति बैदेशिक रोजगारमा पलायन भएका छन भने केही हुने शहर छिरेका छन । त्यसैले गाउघर सुन्य छ घरको पिडीमा झार पलाएको छ छानो भत्तेको छ भने खेतवारी बाझो छ ।
देश बिकासको आधारस्तम्भ भनेको नै शिक्षा हो अझ प्रबिधीमुलक समसामहिक शिक्षा र ब्यावहारिक ज्ञानले नै देश बिकास हुने हो । ०४६ पछिको हाम्रो शिक्षा धनी र गरिव बिच बिभाजन भयो । सरकारी र बोडिड. स्कुलले दुइथरी बिद्यार्थी उत्पादन गरिरहेको छ । जव सम्म कुनै देशको शिक्षा, स्वास्थ्य र सुरक्षालाई समान बनाइदैन त्यो देशको बिकास कहिल्यै कदापी हुदैन । हाम्रोमा अंग्रेजी शिक्षा दिने शिक्षालयले बिदेशको लागि अदक्ष कामदार उत्पादन गरिरहेका छन भने सरकारी स्कुलले स्वदेशको नेता र कार्यकर्ता । अहिलेका झण्डै ९० प्रतिसत बिद्यार्थीलाई सहज तवरले अस्टेलिया, युरोप, अमेरिका छिर्न भिषा पाए नेपाल बस्देनन् । नेपालमा बर्षेनी ४ लाख ५० हजार युवा जनशक्ति रोजगारका लागि तयार हुन्छन भने नेपालमा मुस्किलले ५० हजारले रोजगार पाउछन । नेपालमा पाइने रोजगार पनि त्यती प्रयाप्त हुदैन त्यसैले अधिकांस पढेका वा नपढेका युवाको गन्तब्य बिदेश नै हुन्छ । पढेका युरोप अमेरिका ताक्छन नपढेका वा पहुच नहुनेहरु खाडी देश, मलेसिया वा यस्तै सामान्य देश पुग्छन । आखिर नेपाली समाज यसरी बिभक्त हुनु स्थानान्तरण हुनु राष्ट्रिय राजनैतिक कारण त हो नै त्यो भन्दा धेरै हाम्रो राम्रो सस्कृतिको खराव संस्कारले गर्दा हो । हामी सस्कृतीका धनी नेपालीआफ्नै सस्कारले प्रबृतीले दिनदिनै गरिव हुदै छौ ।हाम्रो मानसिकतामा बजारमा घर चाहिन्छ, घरमा बिदेशी सामान चाहिन्छ । दैनिक भोजभतेर, पार्टी, बिहेका कार्यक्रमको अनावश्यक र्खच, बिभिन्न आयातित सस्कृतीलाई हामी आफ्नो सस्कृती बनाउदै छौ । केक काटेर जन्मदिन मनाउने देखी फेसनेवल र आइफोनले हाम्रो सस्कार खाइरहेको छ । उता आय भन्दा ब्याय धेरै गरेर हरेक नेपाली , नेपाली समाज र नेपाल देश नै टाट पल्टने अवस्थामा छ । बजार अस्तब्यस्त छ भने फाइनान्स कम्पनीहरु खोक्रो बन्दैछन । ऋण कर्जा र क्रेडिटले ब्यापार ब्यावसाय भित्रभित्र धमिरो लागेको छ । बास्तवमा हामी यो नाजुक अवस्थामा पुग्नुको मुख्य कारण नै हाम्रो पुख्यौली त्यो राम्रो गाउ अनी आफ्नो घर छाडेर हिडेपछी पिडीमा उम्रेका झारले नेपालीलाई सराप हालिरहेको छ । बिदेश बसे पनि शहर पसेपनि त्यो गाउको घरले पर्खिबसेको छ, देश परिर्वतनको पर्खाइमा घरको छानोले घर ओतिरहेको छ ।
Gs Nepali