चैत्र १३ गते २०७८

विद्यालय व्यवस्थापन समिति गठन वारे ध्यानकर्षण


कमल पौडेल अथक
पोखरा १३, चैत्र
पोखरा ५ मा रहेको धर्मस्थली आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । अविभावकको भेलाले सृजना तिमिल्सिना, मीरा यादव र दीपक खडका सम्मिलित ३ सदस्यीय समिति गठन भएको विद्यालयका प्रधानाध्यापक केदारनाथ वरालले जानकारी दिएका छन् । ९ जनाको व्यवस्थापन समिति रहनेमा अब २ जना वडाले मनोनित गर्ने एक जना विद्यालयका प्रधानाध्यापक रहने र अन्य ३ जना अरु रहने छन् ।
यता नेपाली कांग्रेस पोखरा ५ ले धर्मस्थली आधारभूत विद्यालय र वाराही माध्यमिक विद्यालयमा मनोमानी रुपमा विद्यालय व्यवस्थापन समिति गठन भएको भन्दै धानाकर्षण भएको जनाएको छ ।
लामो समयदेखि खाली रहेको विद्यालय व्यवस्थापन समिति गठन गर्न सर्वजनिक सूचना प्रकाशन गर्नु पर्नेमा सो नगरी कोठे वैठक मार्फत एकलौटी गरेको भन्दै सो पार्टीले ध्यानाकर्षण भएको जनाएको हो ।
कूल विद्यार्थी संख्याको ५१ प्रतिशतको उपस्थितिमा मात्र गठन गर्न सकिने विद्यालय व्यवस्थापन समिति केही सिमित व्यक्तिको कोठे बैठकवाट चयन गरिनु खेदजनक छ विज्ञप्तिमा भनिएको छ ।
प्रधानाध्यापक बरालका अनुसार धर्मस्थलीमा ३ सय ५० विद्यार्थी अध्ययन गर्दछन् । व्यवस्थापन समिति गठन गर्दा कम्तीमा १ सय ७६ जना अविभावकको उपस्थिति चाहिन्छ । तर विद्यालयमा केही सिमित व्यक्तिहरु बसेर विद्यालय व्यवस्थापन समिति गठन गरेको आरोप कांग्रेसले लगाएको छ ।