भाद्र २३ गते २०७६
बैंकर्सहरू निकै खुशी
पाल राष्ट्र बैंकले बुधबार जारी गरेको मौद्रिक नीतिप्रति नेपाल बैंकर्स संघले सकारात्मक प्रतिक्रिया दिएको छ ।
बुधबार मौद्रिक नीतिपछि पत्रकारहसँगको कुराकानीका क्रममा संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले आफूहरुको माग अधिकांश समेटिएको भन्दै मौद्रिक नीतिको समर्थन गरेका हुन् ।
ठूला बैंकहरुको मर्जरलाई समेत प्राथमिकता दिएर सहुलियतको व्यवस्था गरिनुले मौद्रिक नीति अघि चलेका बहसका कुराहरुलाई यसले सम्बोधन गरेको भान हुने बताए ।
उनले मौद्रिक नीतिको मुख्य लक्ष्य नै व्याजदरको स्थायित्व, तरलता समस्याको समाधान रहेको भन्दै यो सकारात्मक रहेको बताएका हुन् ।
त्यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पनि मौद्रिक नीतिमा नकारात्मक विषयहरु केही पनि नसमेटिएको भन्दै सकारात्मक विषयहरु समेटिएको मौद्रिक नीति समग्रमा राम्रो रहेको बताए ।
उनले वित्तीय स्थायित्वको लागि आवश्यक व्यवस्थाहरु मौद्रिक नीतिमा रहेको भन्दै यसको स्वागत गरेका छन् ।