भाद्र २७ गते २०७६

सफल ब्यक्ती कसरी बन्ने?

जीवन सधै एकनास हुदैन।जीवनमा कहिले उकाली आउंछन,कहिले ओराली र कहिले घुम्ती मोडहरू प्राय आइनै रहन्छन।जसको दिमाग स्वस्थ हुन्छ,उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ।दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ।आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता
नजिकिँदै जान्छ।जीवनमा सफल बन्नका लागि केहि तथ्यहरुलाई आत्मसाथ गर्न सकिन्छ।

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।
२.आफ्नो कामलाई माया गर्नुहोस।यसो गर्दा जीवन सुखी र सहज हुन्छ।
३.सानो कामबाट करियर सुरु गर्नुपर्दा नहिचकिचाउनुस।त्यसलाई ठूलो आफ्नै परिश्रमले ठूलो बनाउने प्रयास गर्नुहोस।
४.कामको शुरुआत सजिलोबाट गर्नुहोस।यसो गर्दा विस्तारै गाह्रो काम सिक्ने समय मिल्छ।
५.कोही एक्लै सफल हुँदैनन।सहयोग माग्न
अप्ठ्यारो नमान्नुहोस।सहयोग मिल्दा कृतज्ञ हुनुहोस।
६.सङ्गत सधैं राम्रो मानिसको गर्नुहोस।राम्रो सङ्गतले काममा पनि राम्रै नतीजा दिन्छ।
७.सबैको क्षमताको सम्मान गर्नुहोस।यसो गर्दा एकको कमजोरीलाई अर्कोको सबल पक्षमार्फत मिलाउन सकिन्छ।
८.हरेक व्यक्तिको सोचाइ फरक हुन्छ।सृजनशील सोचाइलाई कम्पनीको समग्र फाइदाका लागि प्रयोग गर्न सक्नुपर्छ।
९.कसैलाई पनि इच्छाविपरीतको काम गर्न दबाब दिनु हुँदैन।आफूलाई पनि दबाबमुक्त राख्नुहोस।
१०.तपाईं जति माथि पुगे पनि वा जति सफल भए
पनि तपाईंभन्दा माथि सधैं कोही पुगेकै हुनेछ।
११.कमजोरीबाट हताश हुने होइन, त्यसमा सुधार
ल्याउनुपर्छ।
१२.ठूलो कुरा सोच्नुहोस्, ठूलै सपना देख्नुहोस्,तर
जीवन सधैं साधारण रोज्नुहोस।
१३.आफ्नो सम्पर्कसञ्जाल वृद्धि गर्नुहोस।नयाँ
मानिस भेट्ने प्रयास गर्नुस।साथै,पुराना मानिससँगको सम्पर्क पनि नटुटाउनुहोस।
१४.नयाँ काममा अघि बढ्दा ‘हुन्छ’ भन्नेभन्दा ‘हुँदैन’ भन्ने बढी भेटिन्छन।तर,हरेस कहिल्यै नखानुस्, किनभने निर्णय गर्ने अधिकार तपाईंसँग सुरक्षितै छ।