असार १३ गते २०८०

पत्रकारितामा एआइ र स्वार्थको द्धन्द्ध

१३ असार,पोखरा
घनश्याम पौडेल

नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा स्वार्थको द्धन्द्ध र एआई सम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ । मंगलबार र बुधबार २ दिनसम्म चलेको सो कार्यशालामा पत्रकार महासंघ नेपालका पूर्व अध्यक्ष डा. सुरेशराज आर्चाय र ओटवा बिश्वबिद्यालय क्यानडाका पत्रकारिता प्राध्यापक डा. भानुभक्त आर्चायले प्रशिक्षण दिएका थिए । पोखराका ४० भन्दा वढी क्रियाशिल पत्रकारहरुको सहभागितामा भएको सो कार्यक्रममा पत्रकारले के गर्न हुने वा नहुने र पत्रकारिता गरिरहदा कुनै स्वार्थगत रुपमा समाचार आउने वा नआउने परिस्थितीबाट पत्रकार कसरी मुक्त हुने भन्ने सन्दर्भमा लामो ब्याख्या भएको थियो । यसैगरी अहिले संसारमा तहल्का मच्चाएको एआइ –आर्टिफिसियल इन्टेलिजेन्सले पत्रकारितामा परेका असरबारे पनि प्रशिक्षण भएको थियो ।

खासगरी कम्प्युटर प्रबिधीको अत्याधुनिक रुप एआईलाई कसरी प्रयोग गनेै र यसको प्रयोगले फाइदा तथा हानीबारे स्पस्ट पारिएको थियो । बिश्वमा एआइले गरेको तहल्का सगै पत्रकारिता क्षेत्रमा पनि असर गरिरहेको छ । यो नया प्रबिधीले हाम्रो सामान्य र प्राबिधीक कार्यलाई सहज बनाएको छ भने अर्को तर्फ मानिसको जागिर पनि यसैले खाइरहेको अवस्था छ । एआइ बारेमा अव हरेक नया प्रबिधी जान्न बुझ्न चाहनेले जान्नु जरुरी छ । यो नया प्रबिधी अव सवैले स्विकार्नु पर्ने हुनाले यसबाट कसरी फाइदा लिन सकिन्छ भन्ने कुरा पत्रकारिता गरिआएका हरेक पत्रकारले पनि जान्नु अनिवार्य भएको छ । यसै कुरालाई ध्यानमा राख्दै यस अगाढी पनि पत्रकार महासंघ कास्कीले एआई प्रबिधी के हो भन्ने बारे एक प्रशिक्षण कार्यक्रम राखिसकेको छ ।

यसपाली भएको कन्फिल्ट अफ इन्ट्ेस्ट इन जरनालिजम बिषयको वर्कसप गर्नका लागि पोखरा महानगर पलिकाले सहयोग गरेको थियो । वर्कसपको अन्त्यमा सहभागि तथा प्रशिक्षक र पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुबेदी तथा पत्रकार महासंघ कास्कीको उपाध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले आआफ्नो मन्तब्य राखेका थिए । यसैगरी प्रमुख अतिथीको मन्तब्य राख्ने क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले पत्रकारले समाजका अन्य समुदाय भन्दा पत्रकार समयानुकुल प्रबिधी मैत्री र सुशुचित हुनै पर्छ र आफुलाई पुर्नताजकिकरण गर्दैै लैजानु पर्छ तव मात्र समाजले नया समायानुकुल सूचना पाउछ भन्ने कुरा राख्नु भयो । पत्रकार महासंघ कास्कीको अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको सो समापन कार्यक्रमको सञ्चालन संस्थाकै उपाध्यक्ष जमुना वर्षा शर्माले गर्नुभएको थियो ।