जेठ २३ गते २०७९

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण


कमल पौडेल अथक
पोखरा २३, जेठ
विश्व वातावरण दिवसको अवसरमा फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीले आज पोखराका विभिन्न स्थानमा वोट विरुवा रोपण गरेको छ ।
पोखरा १७ पावरहाउसमा करिव १५० वटा बोट विरुवा रोपण गरेको हो । सो पार्कमा वृक्षारोपण गरेपछि त्यसको संरक्षणमा ध्यान दिन संस्थाले स्थानीयवासीलाई सुझाएको छ ।
संस्थाका अध्यक्ष दीलवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १७ का वडा सदस्य तारा परियार, रामेश्वर मार्ग टोल विकास समितिका अध्यक्ष लीलाप्रसाद पँगेनी, फ्यान कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्धा, सीतामाया राना र सचिव श्रीराम सुवेदी लगायतले वोलेका थिए ।
यसैवीच फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यान कास्कीको सहयोगमा पोखरा २० भलाममा अवस्थित महेन्द्र माविको खाली जग्गामा वृक्षारोपण गरिएको छ ।