भाद्र १३ गते २०८०

नेपालमा सुशासन र सामाजिक रुपान्तरण अन्तराष्ट्रिय सम्मेलन पोखरामा

नेपालका समाजशास्त्रीहरुको ब्यावसायिक संस्था नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने International Conference on “Good Governance and Social Transformation in Nepal” to be held in Pokhara अन्तराष्ट्रिय सम्मेलन हुदैछ । नेपालमा सुशासन र सामाजिक रुपान्तरण सम्बन्धी उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपालका बरिष्ठ समाजशास्त्री तथा भारत, चिन, बेलायत, जापान, नर्वे र अमेरिका लगायतका मुलुकबाट ५० भन्दा बढि कार्यपत्र प्रस्तुत हुने छ । झण्डै २ सय समाजशास्त्रीहरुको भेला हुने सो कार्यक्रम यही भाद्र १५,१६ र १७ गते अर्थात सेप्टेम्बर १ देखी ३ सम्म क्षे्त्रिय कृषी अनुसन्धान केन्द्र लुम्लेमा हुनेछ । नेपाली समाजको अध्यान अनुसन्धान र बिश्लेषणका साथै समाजशास्त्रको अभिबृृद्धी गर्ने हेतुले सञ्चालित सो कार्यशालामा समाज बिज्ञानका स्वदेशी तथा बिदेशी बिद्धानहरुबाट नेपालको २०४६ देखीको राजनैतीक परिर्वतन, आम्दोलन, जनयुद्ध तथा जनआम्दोलन र अन्य सामाजिक आम्दोलनको बिकास प्रक्रियाबारे छलफल,बिश्लेषण गर्न मञ्च प्रदान गरिने छ । पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामिण बिकास बिभागसगको सहकार्यमा हुने सो कार्यक्रममा राज्य पुनर्र्संरचना र त्यसले पारेका प्रभावहरुबारेमा समेत कार्यशालामा छलफल हुने छ भन्ने कुरा कार्यक्रम आयोजक संस्था नेपाल समाजशास्त्र संघका अध्यक्ष प्रा डा गणेशमान गुरुड.ले बताउनुभयो । साथै आयोजक संस्थाले पोखरा क्षेत्रका सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई उक्त कार्यक्रममा भई दिनुहुनका लागि तथा सो कार्यक्रमको बारेमा जनतालाई सुशुचित गराइदिनुहुन हार्दिक अनुरोध सहितको बिज्ञप्ती प्रकाशित गर्नुभएको छ ।
मिति २०८० भाद्र १५, १६ र १७ गते
उद्घाटन सत्र १५ गते बिहान १० बजे ।
स्थान क्षेत्रिय कृषी अनुसन्धान केन्द्र, लुम्ले, कास्की ।