माघ १८ गते २०७९
सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ गते हुने
पोखरा,१८ माघ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
सोही बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार स्व। त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा पन्ध्र हजार रुपैयाँ प्रदान गर्ने समेत निर्णय गरेको मञ्चका प्रवत्ता समेत रहेका महासचिव पौडेलले जनाए । महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्व। पौडेलको स्मृतिमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।