पौष १७ गते २०७७

पोखरामा आयो समय दृष्टि डटकम

पोखरा, १७ पुस ।
अंग्रेजी नयाँ वर्षको शुभारम्भ सँगै पोखरामा समय दृष्टि डटकम नामक नयाँ अनलाइन पत्रिका प्रकाशनमा आएको छ । मिलन मिडिया क्रियशन प्रालिको पहलमा शुक्रवारदेखि सो अनलाइन पत्रिका प्रकाशनमा आएको हो ।
संञ्चार जगतको वदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै प्रकाशनमा ल्याईएको सो पत्रिकाले राजनीतिक, आर्थिक, र समाजिक गति विधिको परिधिमा रहेर खवर प्रकाशन गर्ने सयम दृष्टि डटकमका सम्पादक कमल पौडेल अथकले जानकारी दिए ।
प्रालिले निकट भविश्यमा नै एमएमसी टीभी समेत सञ्चालन गर्ने जानकारी दिएको छ ।