पौष २८ गते २०७७
च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम सुरु
पोखरा,२८पुष ।
महिला सिप बिकास संस्था तथा सि.ई.सि.आई को संयुक्त आयेजनामा च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम मंगलबारबाट सुरु भएको छ ।
करिब ४० जना महिलाहरुको सहभागी रहेको सो तालिमको उद्घाटन पोखरा महानगरपालिकाका उपमेयर मञ्जु देवि गुरुङले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गुरुङले कोरोनाको कारणले उत्पादन र रोजगारीमा पुगेको क्षतीलाई यस तालिमले केही भएकपनि राहत प्रदान गर्ने बताउनुभयो । उहाँले यस्ता तालिमहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै तालिम पश्चात् व्यक्तिगत जिवनमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
उहाँले महिला दिदिबहिनीहरुले कुनै पनि घरायसी समस्या भएको खण्डमा महानगरपालिकामा सम्पर्क गर्न अनुरोध गर्नुभयो । सोही कार्यक्रममा बोल्दै महिला सिप बिकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले संस्थाको गतिविधि, कोरोनाले निम्त्याएका समस्या, बेरोजगारी, हस्तकला उत्पादन र बजारीकरणको समस्या बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
उक्त तालिमको बारेमा टि–हेल्पका प्रशिक्षक डा.आनन्द शोभा ताम्रकारले आफ्ना भनाई राख्नुभएको थियो ।
दुई दिवसीय तालिम पोखरा ८ र २७ मा दुई चरणमा ४० ४० गरी ८० जना महिला दिदीबहिनीहरुलाई प्रदान गरिने लक्ष्य रहेको छ ।
महिला सिप बिकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन विष्णु प्रसाद बरालले गर्नुभएको तालिम थियो ।