असाेज ४ गते २०७८
पोखरा फुस्रेखोला नजिक महिला मृत भेटिइन्
पोखरा, ४ भदौ । पोखरा वडा नं. २१ फुस्रेखोलाको किनार नजिकै खेतमा एक महिला कुकुरसँगै मृत भेटिएकी छिन् । ५५ वर्षीया कोपिला राना पाख्रीको रुखको हाँगामा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
प्रहरीका अनुसार मृतक राना गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं। १ शान्तिपुर घर भई कास्की पोखरा १७ बेलघारी स्थित छोरीको घरमा बस्दै आएकी थिइन् ।
सोमबार पूर्वान्ह साढे १० बजेतिरको समयमा महिला र कुकुर झुण्डिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । रानाले सोही डोरीमा आफूले पालेको सेतो रङको बेलौते कुकुर समेत झुण्डाएकी हुन् ।
बैदामबाट डिएसपी चिनिमाया तामाङ नेतृत्वको ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएका थिए । रानाले के कारणले आत्महत्या गरिन् भन्ने खुलेको छैन । उनले २ वटा बाख्रा समेत पालेको र उक्त ठाउँमा बाख्रा चराउन गइरहने पनि खुलेको छ।
प्रहरीले घटना अवस्थाको मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको छ ।