भाद्र ९ गते २०७८

कांग्रेसका ३ जिल्ला सभापति र २ युवा नेता अनसन बस्दै

काठमाडौं, ९ भदौ । क्रियाशील सदस्यता सूची सार्वजनिक लगायतका माग राखेर नेपाली कांग्रेसका जिल्ला सभापतिहरु आजदेखि रिले अनसनमा बस्ने भएका छन् । संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले यसअघि मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । आफ्ना माग पूरा गराउने विषयमा पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै ३ जिल्लाका सभापति र २ युवा नेता आज अनसनमा बस्न लागेका हुन् ।

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य, धादिङ जिल्ला सभापति रमेश धमला तथा युवा नेताद्वय रञ्जित कर्ण र डिल्लीराम सुवेदी अनसनमा बस्न लागेका हुन् ।